close

नयाँ स्मार्टफोन अनर एट ए प्रो नेपाली बजारमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

असार २४, २०७७ १४:१५

नयाँ स्मार्टफोन अनर एट ए प्रो नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । चिनियाँ ब्राण्ड ह्वावेको सहायक कम्पनी अनरले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘अनर एट ए प्रो’ सार्वजनिक गरेको छ । बजेट फोनको रुपमा भित्रिएको फोनमा ६.०९ इञ्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।

फुलभ्यू डिस्प्लेका साथ आएको यो फोनलाई वाटर नोच डिजाइन दिइएको छ । फोनमा मिडिया टके एमटी ६७६५ हेलियो पी ३५ अक्टाकोर प्रोसेसर रहेको छ । एन्ड्रोइड पाईमा आधारित ईएमयूआई ९.० सफ्टवेयर रहेको फोनमा तीन जीबी र्‍याम रहेको छ ।

६४ जीबी इन्टरनल मेमोरी रहेको एट ए प्रोमा प्रयोगकर्ताले ५१२ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सक्नेछन् । यसको अर्थ फोनको मेरोरी एसडी कार्डमार्फत ५१२ जीबीसम्म विस्तार गर्न सकिने छ ।

फोनको पछाडिको भागमा १३ मेगापिक्सेलको एउटा क्यामेरा रहेको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । सुरक्षाका लागि फोनमा थ्रीडी फेस अनलक र फ्रिंगरप्रिन्ट रहेको छ । यसका साथै फोनमा आई कम्फर्ट, पावर सेभिङ मोड, रेडियो र टर्च लगाएतका फिचर समावेश छन् ।

फोनमा ३०२० एमएएच क्षमताको ब्याट्री रहेको छ । कालो र निलो गरी दुई कलर भेरियन्ट बजारमा भित्रिएको यो फोनको मूल्य १५ हजार ६ सय ९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३