close

अस्ट्रेलिया, युरोप र अमेरिकाको रेमिट्यान्स अब मोबाइल वालेटमै

टेकपाना टेकपाना

असार २५, २०७७ ११:१४

अस्ट्रेलिया, युरोप र अमेरिकाको रेमिट्यान्स अब मोबाइल वालेटमै

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका लागि रेमिट्लीसँग साझेदारी गरेको छ । रेमिट्ली विश्वको एउटा छिटो सेवा प्रदान गर्ने डिजिटल रेमिट्यान्स कम्पनी हो । 

रेमिट्लीबाट मानिसहरुले वेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली मलुकहरुबाट पैसा पठाउन सक्छन् । ईसेवा र रेमिट्लीबीचको सहकार्य पश्चात सेवाग्राहीहरुले तीन तरिकाबाट पैसा प्राप्त गर्न सक्छन् ।

यद्यपी ईसेवामार्फत रेमिट्यान्स प्राप्त गर्न खाता भने भेरिफाइड भएको हुनुपर्नेछ । आफ्नो केवाईसी विवरण अपलोड  गरेर सहजै ईसेवा खाता भेरिफाइड गर्न सकिन्छ ।

१. क्यास पिकअप 

ईसेवा मनी ट्रान्सभरका आठ हजारभन्दा धेरै एजेन्टबाट क्यास पिक अप कारोबार गर्न सकिन्छ । यस्तै यो मोडबाट पठाइएको पैसा प्राप्त गर्न ईसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई डिजिटल प्लेटफर्म पनि उपलब्ध गराउँछ । तपाईंले आएको पैसा सिधै ईसेवा वालेटमा प्राप्त गर्न सक्नुहुन्छ । यो प्रक्रिया सामान्य रेमिट्यान्स क्यास प्राप्त गर्ने प्रक्रिया जस्तै छ । 

२. वालेट रिसिभ 

वालेट रिसिभ एउटा प्रक्रिया हो, जहाँ तपाईंले सिधै आफ्नो ईसेवा मोबाइल वालेटमा पैसा प्राप्त गर्न सक्नुहुन्छ । क्यास पिक अप प्रक्रियामा जस्तैगरी यसमा तपाईंले कन्ट्रोल नम्बर इन्टर गर्नुपर्दैन । यसमा तपाईंले केवल ईसवामा दर्ता भएको आफ्नो मोबाइल नम्बर पैसा पठाउने व्यक्तिलाई पठाउनु पर्छ । 

  • देश चयन गर्नुहोस् । 
  • पठाउने व्यक्तिले दिएको कन्ट्रोल नम्बर हाल्नुहोस् । 
  • पठाइएको पैसा कति हो उल्लेख गर्नुहोस् ।

यदि तपाईंले इन्टर गरेको विवरण तपाईंको नामसँग मिल्यो भने सिस्टमले कन्फर्म गर्ने छ र तपाईंले आफ्नो ईसेवा वालेटमा तत्काल प्राप्त गर्न सक्नुहुनेछ ।

३. बैंक अकाउन्ट डिपोजिट 

तपाईंले सिधै आफ्नो बैंक अकाउन्टमा पनि पैसा प्राप्त गर्नसक्नुहुन्छ । त्यसका लागि बैंक अकाउन्ट अप्सन चयन गर्नुहोस् । त्यसपछि पैसा जम्मा गर्न चाहेको बैंक (डेस्टिनेसन बैंक नेम),  बैंकको खाता नम्बर र अकाउन्ट होल्डरको नाम टाइप गर्नुहोस् । यसरी पठाएको पाँच मिनेट भित्र पैसा बैंक खातामा जम्मा हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३