close

जेड फ्लिपजस्तै फोल्डेबल स्मार्टफोन ल्याउँदै ह्वावे

टेकपाना टेकपाना

असार २५, २०७७ १३:९

जेड फ्लिपजस्तै फोल्डेबल स्मार्टफोन ल्याउँदै ह्वावे

एजेन्सी । गत वर्ष ह्वावेले पनि सामसङ ग्यालेक्सीको जेड फ्लिपजस्तै फोल्ड गर्न मिल्ने फोन बनाउने खबरहरु सुन्नमा आएको थियो । त्यसपश्चात ह्वावे कम्पनीले विश्व वौद्धिक सम्पत्ति संगठन (वाइपो) मा उक्त प्रविधिको प्याटेन्ट अधिकार समेत दर्ता गरेको थियो ।

कम्पनीले उक्त क्लामसेल फोनको रफ स्केच देखाएर सो प्रविधि आफ्नो नाममा दर्ता गराएको थियो । अहिले पुनः ह्वावेले अर्को क्लामसेल डिजाइन सहितको फोल्डेबल फोनका लागि अर्को प्याटेन्ट दर्ता गराइरहेको टाइगर मोबाइलले उल्लेख गरेको छ । 

उक्त प्याटेन्टको स्क्रीनसट्स अनुसार ह्वावले गत वर्षको अगस्ट महिनामा चिनियाँ प्याटेन्ट अथोरिटी (सीएनआईपीए)मा उक्त फोल्डेबल फोनको प्याटेन्टका लागि आवेदन दर्ता गराएको थियो । तर कम्पनीले उक्त प्याटेन्टको अधिकार गएको मंगलबार मात्र प्राप्त गरेको छ । 

उक्त प्याटेन्ट दस्तावेजमा देखाइएको फोल्डेबल फ्लिप फोनमा ठाडो रुपमा मल्टी क्यामेरा सेटअप छ । फोनको अग्रभागमा एउटा नोच छ, तर त्यसमा सेल्फी क्यामेरा सेटअप स्पष्टरुपमा देखिँदैन । यो फोनमा पनि ग्यालेक्सी जेड फ्लिप जस्तै राउण्ड हिङ प्रविधि छ, जसले गर्दा यो फोनभित्रपट्टी फोल्ड हुन्छ । 

मोबाइल निर्माणक्षेत्रका विज्ञहरु ह्वावेले दुवै क्लामसेल र ग्यालेक्सी फोल्ड स्टाइलका ईन फोल्डिङ फोनहरुलाई आफ्नो बनाउन खोजिरहेको बताउँछन् ।  यस वर्षको अन्त्यमा ह्वावेले महंगो मूल्यका फोल्डेबल फोन सार्वजनिक गर्ने प्रबल सम्भावना पनि छ ।

Huawei clamshell phone patent 1
Credit: Huawei/TigerMobiles

साथै ह्वावेले आफ्नो फोल्डेबल फोनका लागित ग्यालेक्सी जेड फ्लिपमा प्रयोग भए जस्तै अल्ट्रा थिन ग्लास खरिद गरेका खबरहरु पनि बाहिर आएका छन् । यसैबीच  ह्वावेको उक्त ट्रेडमार्क प्रयोग भएर नयाँ डिभाइस ‘मेट भी’ समेत सार्वजनिक भएको खबरहरु बाहिर आएका छन् ।

तर यो फोन वा अन्य कुनै डिभाइस हो भनेर हालसम्म स्पष्ट भएको छैन । यद्यपी ह्वावेका यसअघि सार्वजनिक भएका फोनहरु मेट एक्स र मेट एसको आधारमा यो पनि कुनै हाई ईण्ड फोन हुने अपेक्षा गर्न सकिन्छ । तर यो ह्वावेको क्लामसेल वा ग्यालेक्सीको जस्तो फोल्डेबल फोनको प्याटेन्टमा पर्छ वा पर्दैन भनेर थाहा पाउन भने बाँकी छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३