close

सीजीले सार्वजनिक गर्‍यो नेपालकै पहिलो एण्ड्रोइडटीभी

टेकपाना टेकपाना

असार २६, २०७७ १२:५

सीजीले सार्वजनिक गर्‍यो नेपालकै पहिलो एण्ड्रोइडटीभी

काठमाडौं । चौधरी ग्रुपले नेपालकै पहिलो एण्ड्रोइड टीभी सार्वजनिक गरेको छ । नेपालकै ठूलो औद्योगिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसको जानकारी दिएका हुन् ।

चौधरीले ट्वीट गर्दै भनेका छन्, ‘सीजी एलईडी नेपालको पहिलो तथा एक मात्र गूगलबाट सर्टिफाइड एड्रोइड टीभीको रुपमा सार्वजनिक भएको छ ।’ एण्ड्रोइडटीभी डिजिटल मिडिया प्लेयर, सेट-टप बक्स, साउण्डबार र टेलिभिजनहरुका लागि गूगलले तयार पारेको एड्रोइड अपरेटिङ सिस्टमको छुट्टै भर्सन हो ।

एण्ड्रोइडटीभी सपोर्ट गर्ने टेलिभिजन सेटहरुमा आवाजबाटै नियन्त्रण गर्न सकिने फिचर हुन्छ । गूगल असिस्टेन्ट बटन दबाएर आवाजबाटै गूगललाई पछिल्ला ब्लकबस्टर मूभी, स्ट्रिमिङ शो तथा धेरै जनाले एकसाथ खेल्न मिल्ने गेमहरु खोज्न तथा चलाउन निर्देशन दिन सकिन्छ ।

यसमा अन्य स्मार्ट होम डिभाइसहरु समेत कनेक्ट गराउन सकिन्छ । आफूलाई लागेको प्रश्न सोधेर टीभीमै त्यसको जवाफहरु हेर्न सकिन्छ । त्यसबाहेक अर्को महत्वपूर्ण कुरा गूगल प्ले स्टोरमा रहेका पाँच हजारभन्दा बढी एप टीभीमै प्रयोग सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३