डिशहोमको डिलर दाई अफरको म्याद थपियो, अनलाइन रिचार्ज गर्नेलाई समेत १ लाख जित्ने मौका

काठमाडौं । डिशहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरले निरन्तरता पाउने भएको छ । उक्त योजनालाई ग्राहकले अत्यधिक रुचाएको भन्दै कम्पनीले यो अफरलाई निरन्तरता दिने भएको हो ।

२०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ हप्ताको लागि सञ्चालन हुने भनिएको थियो । डिशहोमका देशभर रहेका बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा सहभागी हुन पाइन्छ ।

त्यसमा पनि केही परिमार्जन गरी अब अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहक पनि यो लक्की ड्र कार्यक्रममा सहभागी हुन पाउने छन् । यो लक्की ड्र हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टीभीमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

उक्त लक्की ड्र मार्फत प्रत्येक हप्ता दुई जना भाग्यशाली विजेता छनौट हुँदै आएका छन् । कम्पनीले हरेक विेजतालाई प्रति व्यक्ति एक लाख रुपैयाँ नगद पुरस्कार उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team