close

भारतीय च्यानल बन्द गर्ने टीभी वितरकको कदमको सरकारद्वारा प्रशंसा

टेकपाना टेकपाना

असार २६, २०७७ १९:३२

भारतीय च्यानल बन्द गर्ने टीभी वितरकको कदमको सरकारद्वारा प्रशंसा

काठमाडौं । टेलिभिजन वितरकहरुले नेपाल सम्बन्धी अफवाहपूर्ण विषयवस्तु सम्प्रेषण गरेपछि भारतीय समाचार च्यानलमाथि प्रतिबन्ध लगाउने कदमको सरकारले प्रशंसा गरेको छ । शुक्रबार टेलिभिजन वितरकहरुसँगको छलफलको क्रममा अर्थ एवंम सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले व्यावसायीबाट भएको उक्त निर्णयको स्रहाना गरेका हुन् ।

‘यो सबैले बुझेर गर्नुपर्ने निर्णय थियो । तपाईहरु आफैले बुझेर स्वःस्फुर्तरुपमा त्यसप्रति अग्रसरता देखाउनुभएकोमा धन्यवाद दिन चाहन्छु,’ मन्त्रीलाई उद्धृत गर्दै मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले भने, ‘राष्ट्रियताको निम्ती व्यावसायीले चालेको यो कदम प्रशंसायोग्य छ ।’

‘नेपालमै दर्ता भएर सेवा दिइरहेका कम्पनीको रुपमा हामी आवश्यक परेको खण्डमा तत्कालै कुनै पनि कदम चाल्न सक्छौं,’ शर्माले भने, ‘हाम्रो चाँसोको विषय फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमा आउने कन्टेन्टको विषयमा सरकारले कस्ता कदम चाल्छ भन्नेमा छ । यो विषयमा मन्त्री ज्युले आगामी दिनमा व्यावसायीसँगै छलफल गरी आवश्यक कदम चाल्न तयार रहेको बताउनु भएको छ ।’

टेलिभिजन वितरकहरुले देश तथा प्रधानमन्त्रीलाई जोडेर अफवाहपूर्ण तथा घणास्पद सामग्री सम्प्रेषण गरेको भन्दै बिहीबार भारतीय टेलिभिजन समाचार च्यानलमाथि प्रतिबन्ध लगाएका थिए । यद्यपी त्यस किसिमको निर्णय लिने सन्दर्भमा सरकारले भने कुनै पनि निर्देशन दिएको थिएन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३