close

जूमको इन्टरफेस चोरी गरेपछि भारतीय एप जियोमीटमाथि मूद्दा हाल्ने तयारी

टेकपाना टेकपाना

असार २७, २०७७ १२:३७

जूमको इन्टरफेस चोरी गरेपछि भारतीय एप जियोमीटमाथि मूद्दा हाल्ने तयारी

एजेन्सी । पछिल्ला केही महिनायता भिडियो कन्फ्रेन्सिङ एप जूम विश्वभर नै लोकप्रिय बनेको छ । यसैबीच भारतीय धनाढ्य उद्योगपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले भारतमा जूमलाई टक्कर दिने उद्देश्यका साथ जियोमीट भिडियो कलिङ एप सार्वजनिक गर्‍यो । तर यसको यूजर इन्टरफेस, एप आइकन र फिचर दुरुस्तै जूमसँग मिलेको देखिएको छ ।

इकोनमिक टाइम्सको एक रिपोर्ट अनुसार जूमले रिलायन्स जियोको जियो मिटविरुद्ध कानुनी कारवाही गर्न सक्ने देखिएको छ । जूमका भारतीय क्षेत्रका प्रमुख समीर राजले जियोमीट जूमसँग हुबहु मिलेको देखेर आफूहरु आश्चर्यमा परेको बताएका छन् ।  

समीर राजले यस विषयलाई लिएर जूमभित्र आन्तरिक छलफल चलिरहेको समेत उल्लेख गरेका छन् । यद्यपी उनले जियोमीट विरुद्ध मूद्दाको विषयमा स्पष्ट  खुलाएका भने छैनन् । उनले यसको जिम्मेवारी कम्पनीको लिगल टिमलाई सुम्पेको बताएका छन् ।

साथै जूमको टिमले यस विषयमा हाल भारतको विद्युत तथा सूचना प्रविधि मन्त्रालयसँग कुराकानी गरिरहेको पनि उनले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३