close

आईप्याड र आईफोनमा एप क्रयाश हुने समस्या

टेकपाना टेकपाना

असार २७, २०७७ १६:८

आईप्याड र आईफोनमा एप क्रयाश हुने समस्या

एजेन्सी । अहिले एप्पल आईओएस डिभाइसमा एप क्रयाश हुने समस्या देखिन थालेको छ । आईफोन तथा आईप्याड प्रयोगकर्ताहरुबाट व्यापक रुपमा यस किसिमको गुनासो आइरहेको छ ।

स्पोटिफाई, पिन्ट्रेस्ट, टिण्डर, वेज र ड्राफ्ट किङ्स जस्ता विभिन्न लोकप्रिय एप तथा सर्भिसहरु क्रयाश हुने समस्या देखिन थालेको हो । यस्तै मोबाइल गेम मार्भल: कन्टेस्ट अफ च्याम्पियन पनि यस किसिमको समस्याबाट प्रभावित भएका छन् ।

फेसबुक लग ईनमा पनि त्यस्तै किसिमको समस्या देखिने गरेको छ । फेसबुक डेभलपर साइटले आफ्नो पोस्टमार्फत आईओएस एसडीकेमा बढ्दो इररको कारण एप क्रयाशको समस्या देखिएको प्रति कम्पनी सचेत रहनुका साथै अनुसन्धान समेत गरिरहेको बताएको छ । 

तर यसले एन्ड्रोइड भर्सनका एपलाई भने कुनै प्रभाव पारेको छैन । यस्तो समस्याबाट बच्ने एउटा राम्रो उपाय भनेको स्मार्टफोनमा भीपीएनको प्रयोग पनि हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३