close

आईओएस १४ र आईप्याडओएस १४ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

असार २८, २०७७ १२:५१

आईओएस १४ र आईप्याडओएस १४ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं । एप्पलले आईफोन र आईप्याडका आईओएस १४ र आईप्याडओस १४ को बेटा भर्सन सबैले डाउनलोड गर्न मिल्ने बनाएको छ । केही समय आघिमात्रै भर्चुअल रुपमा आयोजना भएको एप्पलको डेभलपर कन्फ्रेन्समार्फत सार्वजनिक आईओएस र आईप्याडओएसको बेटा भर्सन अब सबैलाई डाउनलोडका लागि उपलब्ध भएको हो ।

आईओएस १४ र आईप्याडओएस १४ को बेटा भर्सनमा सम्पूर्ण सुविधा राखिएको गरिएको छ । जुन सुविधा आगामी दिनमा सार्वजनिक हुने आईफोन, आईप्याड लगायतका डिभाइसमा उपलब्ध हुनेछ ।

आईओएस १४ र आईप्याडओएस १४ को बेटा भर्सन डाउनलोड गर्नका लागि एप्पल आईडीमार्फत एप्पलको बेटा सफ्टवेयर प्रोग्राममा दर्ता गर्नुपर्ने छ । त्यहाँ बेटा भर्सनसँग सम्बन्धित प्रश्नहरु सोधिने छन् । ती प्रश्नहरुको जवाफ दिएर यसलाई डाउनलोड गर्न सकिने छ ।

तर, यसरी डाउनलोड गर्दा बग लगायतका समस्या आउन सक्ने भएकाले यसलाई सेकेण्डरी डिभाइसमा डाउनलोड गर्न सुझाव छ । तपाईंले एप्पल बेटा सफ्टवेयर प्रोग्राममा नाम दर्ता गरिसकेपछि सेटिङमा गएर जनरल सफ्टवेयर अपडेट गरी डिभाइस अपडेट गर्नुहोस् । यो इन्स्टल गर्न डिभाइसमा कम्तिमा ५० प्रतिशत ब्याट्री हुन जरुरी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३