close

तपाईंको एनसेल नम्बर अर्कैको नाममा त छैन ? थाहा पाउन यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार २८, २०७७ १३:४३

तपाईंको एनसेल नम्बर अर्कैको नाममा त छैन ? थाहा पाउन यसो गर्नुहोस्

काठमाडौं । सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परिचय पत्रलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको योजना छ ।

एकातर्फ यसरी सिमकार्डसँग राष्ट्रिपत्र जोडिने भएपछि प्रयोकगर्ताले आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउन जरुरी भएको छ । अर्कोतर्फ एक जना व्यक्तिको नाममा दुई भन्दा धेरै सिमकार्ड हुन नहुने व्यवस्था नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।

यति मात्र होइन, बैंक खाता, डिजिटल वालेट, इन्टरनेट तथा मोबाइल बैंकिङदेखि जीमेल, फेसबुक लगायतका सामाजिक सञ्जाल समेत मोबाइल नम्बरसँगै जोडिएका हुन्छन् । यस्तोमा तपाईंले प्रयोग गरिरहेको नम्बर अर्कैको नाममा छ भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

यसको अर्थ कुनै पनि बेला तपाईंले आफ्नो फेसबुक तथा जीमेल अकाउण्टको पहुँच गुमाउन सक्नुहुन्छ । अर्कोतर्फ तपाईंको नाममा रहेको सिम अरु कसैको नाममा रहेछ भने त्यस्तो नम्बरबाट कुनै किसिमको अपराधिक गतिविधि भएमा तपाईं कानूनी झमेलामा समेत पर्न सक्नुहुन्छ ।

यदि तपाईंले अरु कसैको नम्बरको सिम कार्ड प्रयोग गरिरहनु भएको छ भने त्यस्तो नम्बरलाई सम्बन्धित व्यक्तिको सहयोगमा आफ्नो नाममा नामसारी गराउन सक्नुहुन्छ ।

तपाईं एनसेलको नम्बर प्रयोग गर्नुहुन्छ भने अब सहजै तपाईंले चलाइरहेको नम्बर कसको नाममा छ भन्ने जानकारी प्राप्त गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईंले आफ्नो मोबाइलमा *9966# डायल गर्नुपर्ने हुन्छ ।

तपाईंले नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने आफूले प्रयोग गरिरहेको नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा थाहा पाउन *922# डायल गर्नुहोस् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ । *९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनु होस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३