close

बर्दिया जिल्ला अस्पताललाई डिशहोमको १ लाखको चिठ्ठा

टेकपाना टेकपाना

असार २८, २०७७ १७:१

बर्दिया जिल्ला अस्पताललाई डिशहोमको १ लाखको चिठ्ठा

काठमाडौं । बर्दियाको गुलरिया स्थित जिल्ला अस्पतालले एक लाख रुपैयाँको चिठ्ठा हात पारेको छ । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत एक साताको अवधिमा वार्षिक रिचार्ज गर्ने ग्राहक मध्येबाट बर्दिया जिल्ला अस्पताल विजेता बनेको हो ।

यस योजना अन्तर्गत हरेक हप्ता दुई जना भाग्यशाली ग्राहकले एक/एक लाख नगद पुरस्कार हात पार्दै आएका छन् । शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट प्रशारण भएको लाइभ लक्की ड्रमार्फत जिल्ला अस्पतालसहित दुई जना भाग्यशाली विजेता छनौट भएका हुन् ।

लक्की ड्रबाट भाग्यशाली विजेता घोषित हुनेमा क्यास आईडी नम्बर ७१९१३०९४८७७ बर्दिया जिल्ला अस्पताल हो भने अर्को ७१९१४०८१९१५ क्यास आईडी नम्बर चाहिँ बागलुङस्थित प्रकाश बलामीको नाममा रहेको छ ।

विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकबाट आएको सकारात्मक सहभागीतालाई मध्यनजर गर्दै यो अफरलाई निरन्तरता दिइने भएको छ ।

अब अनलाइन रिचार्ज गर्ने ग्राहकहरु समेत यो योजनामा सहभागी हुन पाउनेछन् । अनलाइनमार्फत पाँच हजार वा सो भन्दा माथिको डिशहोम रिचार्ज गर्ने ग्राहकलाई पनि साप्ताहिक लक्की ड्रमा सहभागी गराइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३