close

नविलले खोल्यो डिजिटल बैंक ‘नविल डिजी’

टेकपाना टेकपाना

असार २९, २०७७ १०:२

नविलले खोल्यो डिजिटल बैंक ‘नविल डिजी’

नबिल बैंकले बैंक भित्रको डिजिटल बैंकको रुपमा ‘नबिल डिजि बैंक’ स्थापना गरेको छ । बैंकको ३६ औं वार्षिकोत्सवको अवसर पारेर यसको सुरुवात गरेको हो । नबिल डिजि बैंकका ग्राहकले आफूले चाहेको समय, ठाउा र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने बैंकले जनाएको छ ।
डिजिटल बैंक स्थापनाको लागि नविलले भारतीय आइसीआइसीआइ बैंक तथा चिनियाा कम्पनी हुवावे टेक्लोनोलीजसाग रणनीतिक साझेदारी गरेको छ । कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए ।नविल बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको बैंकका सीईओ शाहले जानकारी दिए ।
कार्यक्रममा हुवावे टेक्नोलोजी नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले कम्पनीले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३