close

सरकारले औपचारिक रुपमा सार्वजनिक गर्‍यो बृहत नेपाली शब्दकोश एप

टेकपाना टेकपाना

असार २९, २०७७ १३:४८

सरकारले औपचारिक रुपमा सार्वजनिक गर्‍यो बृहत नेपाली शब्दकोश एप

काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती । साहित्य अनुरागीका लागि विशेष दिन । भानु जयन्तीका नामले परिचित यस दिनलाई सरकारले फरक शैलीबाट मनाएको छ ।

भानु जयन्तीलाई लक्षित गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत नेपाली शब्दकोशको मोबाइल एप औपचारिक रुपमा उद्घाटन गरिएको छ । विगत तीन महिनादेखि नै प्लेस्टोरमा उपलब्ध यो एप सोमबारमात्रै औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

http://45.32.118.189/2020/24715/

यो नै सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको पहिलो शब्दकोश पनि हो । भाषा तथा व्याकरणमा रुची राख्ने र शुद्ध नेपाली लेख्नका लागि यो एप प्रयोगकर्ताका लागि उपयोगी हुनेछ ।

नेपाली बृहत् शब्दकोश एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३