close

टिकटकमा व्यवसायिक विज्ञापन स्वतः गर्न सकिने फिचर सुरु

टेकपाना टेकपाना

असार २९, २०७७ १४:१८

टिकटकमा व्यवसायिक विज्ञापन स्वतः गर्न सकिने फिचर सुरु

काठमाडौं । छोटो भिडियो सेयरिङको लागि चर्चित चिनियाँ एप टिकटकले व्यवासयिक प्रयोजनको लागि विज्ञापन खुला गरेको छ । सेल्फ सर्भ एड प्लेटफर्म नाम दिइएको यो सेवाबाट जोकोहीले पनि आफ्नो व्यवसायको विज्ञापन टिकटकमा गर्न सक्नेछन् । टिकटकले केही महिनायता यस्तो सेवाको लागि परीक्षण गरिरहेको थियो ।

टिकटकको यो प्लेटफर्म अन्य सामाजिक सञ्जालले दिइरहेको विज्ञापन गर्ने प्लेटफर्म जस्तै हुनेछ । जहाँ कुनै व्यवसायिक ब्राण्डले आप्mनो मार्केटिक वा विज्ञापन आफैंले गर्न सक्नेछन् ।

टिकटकमा आफ्नो ब्राण्ड तथा व्यापारको बजारीकरण गर्न चाहानेले एपभित्र रहेको एड क्रिएसन फ्लो ओपन गरेर विज्ञापनको प्रक्रिया सुरु गर्न सक्छन् । त्यहाँ एउटा सामान्य एड सेट अप अप्सन रहेको हुन्छ जसमा लक्षित प्रयोगकर्ता, स्थान तथा समय छनोट गर्न सकिन्छ ।

यो फेसबुकको एड म्यानेजर प्लेटफर्म जस्तै हुन्छ । यस प्लेटफर्ममा भिडियो टेम्प्लेट तथा अटो इडिटिङ टूलजस्ता अप्सनहरु समेत छन् ।

प्लेटफर्मसँग मिल्ने कस्टम कन्टेन्टहरु बनाउने प्रक्रिया यसमा सजिलो छ । यो हालै स्नापच्याटले सार्वजनिक गरेको भिडियो एड क्रिएसन टूल जस्तै छ ।

भारतले भर्खरै टिकटक प्रतिबन्ध लगाएको छ भने अमेरिकाले पनि टिकटकसहित केही चिनियाँ एपमा प्रतिबन्ध लगाउने विचार गरिरहेको धारणा सार्वजनिक गरिसकेको छ ।

भारतजस्ता धेरै प्रयोगकर्ता भएको देशमा प्रतिबन्धमा पर्दा टिकटकको आम्दानी र प्रभावमा असर पर्ने आकलन हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३