close

यसकारण छिटो–छिटो सकिदैंछ नयाँ आइफोनको चार्ज

टेकपाना टेकपाना

असार २९, २०७७ १५:२९

यसकारण छिटो–छिटो सकिदैंछ नयाँ आइफोनको चार्ज

एजेन्सी । तपाईंको आइफोन न्यूनतम प्रयोग गर्दा पनि २४ घण्टामा ५० प्रतिशत चार्ज सकिन्छ भने यसलाई सामान्य रुपमा नलिनुहोस् । विगत केही हप्तादेखि यो समस्या धेरै आइफोन प्रयोगकर्ताको डिभाइसमा देखिन थालेको छ ।

आइओएस १३.५.१ मा ब्याट्री चुहावटको समस्यालाई लिएर एप्पल कम्युनिटी वेबसाइट तथा रेडिटमा प्रयोगकर्ताको गुनासो देखा परेका छन् । यसको मूख्य कारण भने एप्पल म्युजिक एप रहेको म्याक र्‍युमरले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

एक प्रयोगकर्ताले आइफोन ११ केही दिन अघि मात्र खरिद गरेको र ब्याट्री चाँडो सकिरहेको गुनासो पोखेका छन् । उनले एप्पल म्युजिक एप नचलाए पनि १८ घण्टा भन्दा धेरै समय ब्याकग्राउण्डमा त्यो रन हुने गरेको र त्यसले ९५ प्रतिशत ब्याट्री खपत गरिरहेको बताएका छन् । यसैकारण नयाँ फोनको ब्याट्री तात्ने समस्या देखिएको उनले बताएका छन् ।

एप्पल म्युजिक एप प्रयोग नहुँदा समेत ब्याट्री चुहावट हुने गरेको पाइएको हो । सो एप प्रयोग नगर्दा समेत दिनमा घण्टौंसम्म पृष्ठभूमीमा एपभित्र गतिविधि सञ्चालन भइरहने हुँदा ब्याट्री चुहावटको समस्या पैदा भएको हो ।

म्युजिक एप बाहेक आइओएसमा ब्याकग्राउण्ड गतिविधि नै आइफोनको समस्या भएको बताइएको छ । यसबारे एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि आइफोनको ब्याट्री समस्यालाई लिएर बढ्दो गुनासोबीच एप्पलले यसको समाधान खोज्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३