close

चार दशक पुरानो ‘सुपर मारियो’मा फर्कियो ‘क्रेज’, एउटै कपी १ करोडभन्दा बढिमा बिक्री

टेकपाना टेकपाना

असार २९, २०७७ १६:१९

चार दशक पुरानो ‘सुपर मारियो’मा फर्कियो ‘क्रेज’, एउटै कपी १ करोडभन्दा बढिमा बिक्री

एजेन्सी । करिब चार दशक पुरानो भिडियो गेमले अहिले आएर नयाँ रेकर्ड राख्न सफल भएको छ । सन् १९८५ मा बनेको ‘सुपर मारियो ब्रोज’ को अमेरिकी भर्सन आज आएर १ लाख १४ हजार अमेरिकी डलर अर्थात करिब १ करोड ३८ लाख रुपैयाँमा बिक्रि भएको छ ।

सुपर मारियो ब्रोजको दुर्लभ सिल्ड कपीको रुपमा रहेको यसलाई बोलकबोल मार्फत बिक्रि गरिएको थियो । जसले यसअघि आफ्नै नाममा भएको रकर्डलाई तोड्न सफल भएको छ । यसअघि पनि सबैभन्दा बढी मूल्यमा बिक्रि हुने भिडियो गेममा सुपर मारियो ब्रोज नै थियो ।

उक्त भर्सन भने १ लाख १ सय ५० डलर अर्थात अहिलेको विनियम दर अनुसार १ करोड २० लाख रुपैयाँको हाराहारीमा बिक्रि भएको थियो । यो खेलले पाएको लोकप्रियता कै कारण कम्पनीले यो सफलता हात पारेको हो । यसलाई बनाउने कम्पनी निन्टेन्डोले २०१७ मा सुपर मारियो ओडिसी संस्करण सुरू गरेको थियो । जुन सार्वजनिक भएको केही समयमै ‘हिट’ भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३