close

गुगलले भारतमा १२ खर्ब लगानी गर्ने

टेकपाना टेकपाना

असार २९, २०७७ १६:५२

गुगलले भारतमा १२ खर्ब लगानी गर्ने

एजेन्सी । गुगलले आगामी पाँचदेखि सात बर्षभित्रमा भारतमा करिब १२ खर्ब रुपैयाँ अर्थात १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । गुगलका सीईओ सुन्दर पिचाईंले सोमबार भारतका लागि छुट्टै डिजिटाइजेसन कोष निर्माण गर्ने र त्यहिं मार्फत लगानी गर्ने जानकारी दिएका हुन् ।

गुगलले आफ्नो लगानी मुख्यतः चार क्षेत्रमा केन्द्रित हुने जनाएको छ । पहिलो हरेक भारतीयलाई उनीहरुको आफ्नै भाषामा सूचनाको पहुँच पुर्याउने गुगलको लक्ष्य छ । दोस्रो, भारतको अलग आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ बस्तु तथा सेवाको उत्पादन गर्ने ।

भारतीय कम्पनीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न व्यावसायीक सहयोग पुर्याउने गुगलको तेस्रो लक्ष्य छ । चौथोमा स्वास्थ्य, शिक्षा र कृषि जस्ता क्षेत्रमा प्रविधि र कृत्रिम बौद्धिकता(एआई)को प्रयोग बढाउने ।

गुगलका लागि भारत विशाल बजार हो । जहाँका युट्युब र एन्ड्रोइडका अधिक प्रयोगकर्ता छन् । भारतमा अहिले ५० करोडभन्दा बढी जनसंख्या अनलाइनमा रहन्छन्, जुन् विश्वमै धेरै हो । त्यहाँका ४५ करोडभन्दा बढी जनताले सक्रिय रुपमा स्मार्टफोनको प्रयोग गर्छन् । भारतमा अझै पनि त्यहाँका जनताले आफ्नै भाषामा बुझ्न सक्ने गरी प्रविधिमा सुधार ल्याउनुपर्ने अवस्था रहेको पिचाईले बताएका छन् ।

गुगलको प्रतिस्पर्धि फेसबुकले हालैमात्र भारतको रिलायन्स जिओमा ५ अर्ब ७० करोड डलर लगानी गरेको छ । त्यस्तै हालैको भारत भ्रमणमा अमेजनका मालिक जेफ बेजोसले भारतमा थप एक अर्ब डलर लगानीको योजना सुनाएका थिए । भारतले चिनियाँ प्रविधि कम्पनी माथि प्रतिबन्ध लगाइरहेको अवस्थामा गुगलले सार्वजनिक गरेको योजनालाई रणनैतिक मानिएको छ । एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३