close

‘पोर्न’ वेबसाइट बनाएर अश्लिल भिडियो अपलोड गर्नेलाई प्रहरीले गर्यो पक्राउ

टेकपाना टेकपाना

असार २९, २०७७ १७:५०

‘पोर्न’ वेबसाइट बनाएर अश्लिल भिडियो अपलोड गर्नेलाई प्रहरीले गर्यो पक्राउ

काठमाडौं । पोर्न वेबसाइट बनाएर अश्लिल भिडियो अपलोड गरेको आरोपमा नेपाल प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला बस्ने १७ बर्षीय एक बालिकाको अश्लिल भिडियो बनाएर वेबसाईटमा अपलोड गरेको सूचनाका आधारमा काठमाडौंको गोंगबु बस्ने २३ बर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले ब्लु संसार डटकम नामक बेवसाईट बनाएर भिडियो अपलोड गरेका थिए । उनलाई साइबर अपराध गरेको कसुरमा पक्राउ गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३