close

ट्वीटरबाट भिडियो डाउनलोड गर्ने कसरी ?

टेकपाना टेकपाना

असार ३०, २०७७ १०:२

ट्वीटरबाट भिडियो डाउनलोड गर्ने कसरी ?

काठमाडौं । कुनै पनि वेबसाइटबाट फोन वा ल्यापटपमा भिडियो डाउनलोड गर्नु एकदमै सामान्य काम हो । तर जब कुरा ट्वीटरको आउँछ, तब यो आफैंमा टाउको दुखाईको विषय बन्न पुग्छ ।

ट्वीटरबाट फोन वा ल्यापटपमा भिडियो डाउनलोड गर्ने काम सुन्दा सजिलो लागे पनि यो सबैको क्षमताको कुरा होइन । तर तपाईंले एकपटक यो जानिसकेपछि भने यो काम एकदमै सजिलो छ । आज हामी तपाईंलाई तपाईंको कम्प्युटर, एन्ड्रोइड फोन, आईफोन र आइप्याडमा ट्वीटरबाट भिडियो डाउनलोड गर्ने तरिका सिकाउने छौं ।

कम्प्युटरबाट

ट्वीटरमा भएका भिडियोलाई सजिलै डाउनलोड गर्ने मुख्य दुई वेबसाइट छन् । एउटा सेभट्वीटभिड र अर्को ट्वीटरभिडियोडाउनलोडर

यी दुवै वेबसाइटले एउटै तरिकाले काम गर्छन् । ट्वीटरको भिडियोको लिंकलाई कपी गरेर यी वेबसाइटमा रहेको टेक्स्ट फिल्डमा पेस्ट गरेर नजिकै रहेको डाउनलोड बटन क्लिक गर्नुपर्छ । दुवैले तपाईंलाई तीन विभिन्न भिडियो क्वालिटी अप्सन चयन गर्ने सुविधा दिन्छन् ।

त्यसपछि नजिकैको डाउनलोड बटनमा क्लिक गर्नुहोस् । यति गरेपछि भिडियो आफैं डाउनलोड हुन थाल्नेछ । यस्तै तपाईंले पेजको तलपट्टी रहेको क्यूआर कोडलाई स्क्यान गरेर पनि आफ्नो फोन वा ट्याब्लेटमा फाइल डाउनलोड गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड फोनमा

एन्ड्रोइड फोनमा तपाईंको यो कामलाई डाउनलोड ट्वीटर भिडियो नामक एपले सजिलो बनाइदिन सक्छ । तर यो एप एड सपोर्टेड अर्थात विज्ञापनयुक्त एप हो । यो एपलाई विज्ञापनरहित रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले ९९ सेन्ट भुक्तानी गर्नुपर्छ ।

एप इन्स्टल गरिसकेपछि आफ्नो इच्छाअनुसार यसको सेटिङ मिलाउन सक्नुहुन्छ । जस्तै हाई रेजोलुसन भिडियो डाउनलोड सेट गर्नु भयो भने एपमा लिंक पेस्ट वा शेयर गरेपछि तपाईंले भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।

साथै शेयर ट्वीट भायमा क्लिक गरेर डाउनलोड ट्वीटर भिडियो एपलाई ट्याप गरेपछि भिडियो ब्याकग्राउण्डमा आफैं डाउनलोड हुन थाल्छ । यो एपबाट तपाईंले डाउनलोड भएको भिडियोलाई फोटो एपमा सेभ गर्नुका साथै क्लाउड स्टोरेजमा पनि सुरक्षित राख्न सक्नुहुन्छ ।

आईफोनको सर्टकट

एप्पलको सर्टकट एप एकदमै शक्तिशाली र उपयोगी टूल हो । यसले रुटिनको कामलाई अटोमेसन गर्नुका साथै अन्य जटिल कामहरु जस्तै ट्वीटरबाट भिडियो डाउनलोड गर्न समेत सहयोग गर्छ ।

सबैभन्दा पहिले सर्टकट एप आफ्नो आईफोनमा डाउनलोड गरी इन्स्टल गर्नुहोस् । एप इन्स्टल भइसकेपछि फोन वा ट्याब्लेटको सेटिङ एपमा गएर त्यहाँ रहेको अप्सन लिस्टमा सर्टकट एपलाई ट्याप गर्नुहोस् । अलाउ अन्ट्रस्टेड सर्टकट लेबल गरिएको स्विचलाई अन पोजिसनमा परिवर्तन गर्नुहोस् ।

यति गरिसकेपछि आफ्नो आईफोन वा आईप्याडमा यो लिंक खोल्नुहोस् । त्यसपछि तल लेखिएको गेट सर्टकटमा ट्याप गर्नुहोस् । यति गरेपछि सर्टकट एप खुल्छ । यसको सम्पूर्ण आन्तरिक सेटअप मिलाइसकेपछि अब ट्वीटरको भिडियो तपाईंले आफ्नो आईफोनमा सेभ गर्नसक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३