close

अनलाइनमा विद्यालय सञ्चालन गर्न सकिने सफ्टवेयरमा ५० प्रतिशत छूट

टेकपाना टेकपाना

असार २९, २०७७ २०:५८

अनलाइनमा विद्यालय सञ्चालन गर्न सकिने सफ्टवेयरमा ५० प्रतिशत छूट

काठमाडौं । स्किम इन्टरनेसनल टेक्नोलोजी प्रालिले विद्यालयका लागि तयार पारेको स्कूल ईआरपी सफ्टवेयरमा ५० प्रतिशत छूट दिने भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ कम्पनीले सरकारी-निजी साझेदारी योजना अन्तर्गत यस्तो छूट दिने घोषणा गरेको हो ।

नेपालमा गुणस्तरीय शिक्षा‍का लागि विभिन्न किसिमका सेवा प्रवाह गर्दै आएको स्किम टेक्नोलोजीले लकडाउनको समयमा विद्यालय सञ्चालन तथा अनलाइन कक्षामा सहयोग गर्न यस्तो योजना ल्याइएको जनाएको छ । कम्पनीका अनुसार निजी विद्यालयहरुलाई पनि यो सफ्टवेयरमा सीमित अवधिका लागि विशेष छूट दिइने छ ।

सफ्टवेयरमा के छ ?

सम्पूर्ण सूचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकका लागि छुट्टै लग-ईन, अनलाइन परीक्षा, विद्यार्थी तथा शिक्षकको हाजिरी, होमवर्क व्यवस्थापन, आईडी कार्ड, एडमिट कार्ड तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न तथा प्रिन्ट गर्न सकिन्छ ।

साथै अधिकार प्रत्यायोजन, एसएमएस तथा ईमेल सुविधा, म्यासेजिङ सिस्टम, विदा लगायतका विभिन्न जानकारी सिस्टम दिन सकिने, विद्यार्थी शूल्क तथा तलब लगायतका विभिन्न सुविधा यसमा छन् ।

यसैगरी सफ्टवेयरमा हिसाब किताब राख्न सकिने, नियमन गर्न सजिलो, ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने, स्कूलको वेबसाइट बनाउन सकिने, आगन्तुकहरुको फोटो सहितको विवरण राख्न सकिने, सिस्टमको व्याकअप राख्न मिल्ने लगायतका २५० भन्दा धेरै फिचर यसमा रहेको कम्पनीले जनाएको छ ।

घरमै बसेर अनलाइन कक्षा लिन मिल्ने यो सफ्टवेयर परीक्षा लिन मिल्ने, विद्यार्थी तथा शिक्षकको हाजिरी लिन मिल्ने, पाठ्यक्रम तयार पार्न मिल्ने, विद्यार्थी तथा शिक्षकको मुल्याङ्कन गर्न सकिने, भिडियो तथा अडियो सन्देश पठाउन मिल्ने, अन्य सयभन्दा धेरै एप इन्टिग्रेट गरी चलाउन मिल्ने, पटक पटक नवीकरण तथा पैसा तिर्नु नपर्ने, चलाउन एकदमै सजिलो छ ।

विगत लामो समयदेखि विद्यालय सूचना व्यवस्थापन तथा अनलाइन कक्षा सम्बन्धी सफ्टवेयर सञ्चालन गर्दै आएको स्किम टेक्नोलोजीले सफ्टवेयरहरुबाट विद्यालय व्यस्थापन लगायतका सुविधाहरु प्रदान गर्दै आएको छ ।

विद्यालयका हरेक क्रियाकलापहरु चुस्त दुरुस्त राख्न, विद्यार्थीहरुको सम्पूर्ण सूचना लामो समयसम्मका लागि सुरक्षित राख्न, नियामक निकायहरुलाई नियमन गर्न सहज बनाउने कार्यका लागि समेत स्किमको सफ्टवेयर उपयोगी छ ।

यसमा विद्यालय, विद्यार्थी र अविभावकबीच सहज रुपमा सूचना आदान प्रदान गर्न सकिने सुविधा समेत रहेको छ । लामो समयदेखि विद्यालयहरु बन्द रहेको हालको अवस्थामा घरमै बसेर पढ्नु र पढाउनु एक किसिमको बाध्यता जस्तै बनेको छ ।

नेपाल सरकारले समेत अनलाइन शिक्षा सञ्चालन सम्बन्धी स्पष्ट नीति जारी गरिसकेको अवस्थामा निजी तथा सामुदायिक विद्यालयहरुका लागि यो सफ्टवेयर उपयोगी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३