close

राष्ट्रिय आविष्कार केन्द्रलाई एकै दिन २ पुरस्कार

टेकपाना टेकपाना

असार ३०, २०७७ ११:३६

राष्ट्रिय आविष्कार केन्द्रलाई एकै दिन २ पुरस्कार

काठमाडौं । सामाजिक अभियान्ता डा महाबिर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र एकै दिन दुई वटा पुरस्कारबाट सम्मानित भएको छ । सरकारले केन्द्रलाई सोमबार डिल्लीरमण रेग्मी शान्ति पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको  डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ प्रदान गरेको हो भने दोस्रो पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयको पुष्पलाल राष्ट्रिय पुरस्कार रहेको छ । 

लौ त आज राष्ट्रिय आविष्कार केन्द्रले नेपाल सरकार बाट एकै दिनमा दुई वटा पुरस्कार थापेको छ | पहिलो पुरस्कार शिक्षा,…

Posted by Mahabir Pun on Monday, July 13, 2020

दुवै पुरस्कार एक एक लाख रुपैंया नगद सहित आविष्कार केन्द्रलाई प्रदान गरिएको हो । पुरस्कारले लक डाउनमा राष्ट्रिय आविष्कार केन्द्रमा बसेर विगत झण्डै चार महिनादेखि रात दिन काम गर्ने अनुसन्धानकर्ताहरुको मनोबल निकै उच्च बनाएको भन्दै पुनले खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्,’ दुई वटै सम्मानको लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद छ ’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३