close

विकेश भट्टराई किताब यात्राको नयाँ सीईओ

टेकपाना टेकपाना

असार ३०, २०७७ १३:१८

विकेश भट्टराई किताब यात्राको नयाँ सीईओ

काठमाडौं । किताब यात्रा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विकेश भट्टराई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असार २९ गतेदेखि भट्टराईलाई मूख्य प्रशासनिक जिम्मेवारी सुम्पिएको हो ।

भट्टराईको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गर्ने विश्वास किताब यात्राले लिएको छ । साढे दुई वर्षदेखि डेपुटी सीईओको रुपमा रहेका उनी ऋषिराम अधिकारी प्रशासनिक जिम्मेवारीबाट अलग्गिएपछि कम्पनीको सीईओ बनेका हुन् ।

सम्पूर्ण पाठकले किताब पढ्न पाउने वातावरण निर्माण गर्न र पठन संस्कृतिको विकासमा लागि आफ्नो प्रमुख लक्ष्य रहेको भट्टराईले बताए । ‘हामी अहिले ४५ ठाउँमा ‘क्यास अन डेलिभरी’ को रुपमा काम गरिरहेका छौं,’ उनले भने, ‘यसलाई जतिसक्दो धेरै स्थानमा बिस्तार गर्ने योजनामा छौं ।’

अधिकारीले विगत साढे दुई वर्षदेखि सीईओको रुपमा काम गर्दै आएका थिए । किताब यात्राले देश तथा विदेशमा रहेका किताबप्रेमीलाई अनलाइन अर्डरको आधारमा घरदैलोसम्म नै किताब पुर्‍याइदिने काम गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३