close

राष्ट्रिय आविष्कार केन्द्रमा परीक्षणका लागि तयार भयो ‘न्यूमास्क’

टेकपाना टेकपाना

असार ३०, २०७७ २०:१६

राष्ट्रिय आविष्कार केन्द्रमा परीक्षणका लागि तयार भयो ‘न्यूमास्क’

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले परीक्षणका लागि न्यूमास्क तयार पारेको छ । कोरोना बिरुद्धको अभियानमा प्रभावकारी मानिएको न्यूमास्क तयार भएको हो ।

स्ट्यानफोर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ ओथका अनुसन्धानकर्ताले विकास गरेको नयाँ किसिमको मास्कलाई न्यूमास्कको नाम दिइएको छ । पछिल्लो समय अमेरिका र युरोपमा प्रयोगमा आएको यो मास्क पानीमा पौडी खेल्ने र डुबुल्की मार्नेहरुले प्रयोग गर्ने स्नोकल मास्कलाई परिस्कृत गरी बनाइएको हो ।

कोरोना बिरुद्ध लड्ने अर्को हतियार – पटक पटक प्रयोग गर्न सकिने साधन Pneumask राष्ट्रिय आविष्कार केन्द्रमा परीक्षणको लागि…

Posted by Mahabir Pun on Tuesday, July 14, 2020

स्ट्यानफोर्ड युनिभर्सिटीको टिमले उपलब्ध गराएको डिजाइन र नमूनाका आधारमा आविष्कार केन्द्रले समेत परीक्षणका लागि न्यूमास्क तयार पारेको संस्थापक महाबीर पुनले बताएका छन् । उनले फेसबुक पोस्टमार्फत भनेका छन्, ‘जापानबाट ३० वटा स्नोकल मास्क झिकाएर परीक्षणका लागी तयार गरेका छौं ।’

यस किसिमको मास्क एन ९५ मास्क र भाइजरभन्दा पनि धेरै नै सुरक्षित हुने बताइएको छ । यो मास्क कोरोना संक्रमित बिरामीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि निकै उपयोगी हुने अनुसन्धानकर्ताहरुको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३