close

ह्वावेमाथि प्रतिबन्ध लगाउने वेलायतको निर्णय

टेकपाना टेकपाना

असार ३१, २०७७ ११:११

ह्वावेमाथि प्रतिबन्ध लगाउने वेलायतको निर्णय

एजेन्सी । वेलायतले चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि फाइभजी नेटवर्कको उपकरणहरु आपूर्ति गर्ने कार्यका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बोरिस जोन्सनको सरकारले यसै वर्षको अन्त्य अर्थात ३१ डिसेम्बरदेखि ह्वावेमाथि प्रतिबन्ध लगाउने निर्णय लिएको हो । 

प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार राष्ट्रिय सुरक्षा परिषदमा २०२७ सम्म ह्वावेका अहिलेसम्मका सबै उपकरणहरु वेलायतको फाइभजी नेटवर्कबाट हटाइसक्ने बताएका छन् । यो निर्णय गरेलगत्तै प्रधामन्त्री जोन्सनले आगामी सेप्टेम्बर महिनामा ह्वावेको वेलायत बोर्डबाट राजीनामा दिने समेत घोषणा गरेका छन् । 

वेलायतले यसअघि अमेरिकाको प्रतिबन्धका कारण ह्वावेले आफ्नो सुरक्षा जोखिम बढाउने निश्कर्ष निकालेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३