close

सामसङ ९ वर्षदेखि लगातार एसियाको ‘नम्बर वान’ ब्राण्ड

टेकपाना टेकपाना

असार ३१, २०७७ १४:२२

सामसङ ९ वर्षदेखि लगातार एसियाको ‘नम्बर वान’ ब्राण्ड

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसङ लगातार नौं वर्ष एसियामा टप ब्राण्डको रुपमा राज गर्न सफल भएको छ । भर्खरैमात्र सार्वजनिक भएको ‘एसिया टप १००० ब्राण्ड’ रिर्पोट अनुसार सामसङ यो वर्ष पनि पहिलो नम्बरमा पर्न सफल भएको हो ।

नेलसेनसँगको सहकार्यमा च्याम्पियन एसिया–प्यासिफिकले तयार पारको उक्त रिपोर्ट अनुसार सामसङ सन् २०१२ देखि यो सूचीको पहिलो नम्बरमा रहँदै आएको छ । यो सूचीको दोस्रो नम्बरमा अमेरिकाको टेक जायन्ट कम्पनी एप्पल रहेको छ ।

तेस्रो, चौथौं र पाँचौं नम्बरमा भने क्रमशः जापानको प्यानासोनिक, दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्स र स्विजरल्याण्डको नेस्ले रहेका छन् । अघिल्लो वर्ष चौंथो नम्बरमा रहेको सोनी यो वर्ष भने छैटौं नम्बरमा पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३