close

आईफोनमा स्टोरेज फुल हुने समस्याबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार ३१, २०७७ १२:५९

आईफोनमा स्टोरेज फुल हुने समस्याबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । मोबाइलमा स्टोरेज फूल हुने समस्या प्राय सबैको प्रमुख समस्या हो । आईफोनमा स्टोरेज खाली गर्ने दर्जनौं उपायहरु छन् । 

त्यसो त तपाईसँग पर्याप्त बजेट छ भने, हामी तपाईंलाई पर्याप्त स्टोरेज सहितको आईफोन खरिद गर्ने सल्लाह दिन्छौं । तर यदि तपाईंसँग पर्याप्त पैसा छैन र स्टोरेज फूल हुने समस्या निरन्तर दोहोरीरहन्छ भने यसलाई समाधान गर्न तपाईंले छुट्टै उपायको प्रयोग गर्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले त तपाईंले केही आधारभूत उपायहरु अपनाउन सक्नुहुन्छ । जस्तै डुप्लिकेट फोटो तथा स्क्रीनसटहरु डिलिट गर्नुहोस् । अत्यावश्यक फोटो तथा भिडियोहरुलाई क्लाउड सर्भिसमा ब्याकअप राख्नुहोस् । यति गर्दा पनि तपाईंको आईफोनको स्पेस फ्री भएन भने निम्न उपायहरु अपनाउनुहोस् । 

१. उच्च इफिसेन्सीमा शूट गर्नुहोस् 

तपाईं आईफोन सेभेन वा त्यो भन्दा नयाँ आईओएस इलाभेन प्रयोग गर्दै हुनुहुन्छ भने एप्पलमा नयाँ ‘हाई इफिसेन्सी’ कम्प्रेसन फर्म्याट छ, जसले फोटोलाई जेपीईजीको साटो एचईआईएफ अर्थात् हाई इफिसियन्सी इमेज फर्म्याटमा सेभ गर्दछ । यस्तै भिडियोलाई एच.२६४ को साटो एचईभीसी अर्थात् हाई इफिसियन्सी भिडियो कोडिङमा सेभ गर्दछ । 

एप्पलका अनुसार जेपीईजीको तुलनामा एचईआईएफमा दुई गुणा बढी फोटो सुरक्षित राख्न सकिन्छ । यसमा फाइल साइज जेपीईजीको तुलना ८० प्रतिशतसम्म सानो हुन्छ । 

हाई इफिसियन्सी फर्म्याट आईओएस इलाभेनमा बाइ डिफल्ट इनेबल हुन्छ । तर कहिलेकाँही अञ्जानमा यो सेटिङ तपाईंको आइफोनमा टर्न अफ भएको हुनसक्छ । यस्तो बेला निम्न प्रक्रिया अपनाएर यसलाई इनेबल गर्नुहोस् । 

सबैभन्दा पहिले आईफोनको सेटिङमा जानुहोस् । त्यहाँबाट क्यामेराहुँदै फर्म्याटमा जानुहोस् र त्यहाँ मोस्ट कम्प्याटिबलको साटो हाई इफिसेन्सीलाई सेलेक्ट गर्नुहोस् । 

तर हाई इफिसेन्सी फर्म्याटिङको आफ्नै किसिमको सीमितता छ । यसलाई सबै डिभाइसले सपोर्ट गर्दैन । तपाईंले यदि अन्य डिभाइसमा त्यस्तो फाइल हेर्ने हो वा शेयर गर्ने हो भने त्यसलाई जेपीईजी र एच.२६४ फर्म्याटमा परिवर्तन गर्नुपर्छ । यसका लागि केही विशेष एप तथा अनलाइन कन्भर्सन टूलहरु रहेका छन् । 

२. म्यासेजका फोटो र भिडियोलाई डिलिट गर्नुहोस् 

तपाईंले म्यासेजमा पठाउने फोटो तथा भिडियोहरुले पनि तपाईंको स्टोरेजमा ठाउँ ओगटिरहेको हुन्छ । स्टोरेज खाली गर्न च्याटबक्समा म्यानुअल्ली गएर म्यासेज तथा फोटोहरुलाई डिलिट गर्नुहोस् । म्यासेजलाई पनि यसै गरी डिलिट गर्नुहोस् । 

यदि तपाईं आईओएस इलाभेन प्रयोग गर्दै हुनुहुन्छ भने यो काम म्यानुअल्ली गर्न पर्दैन । आफ्नो सेटिङमा जानुहोस् । त्यहाँबाट जनरल अनि आईफोन स्टोरेजमा प्रवेश गर्नुहोस् र तलतर्फ गएर ‘रिभ्यू लार्ज अटेचमेन्ट’मा ट्याप गर्नुहोस् ।

यति गरेपछि तपाईंले म्यासेजमा पठाएका सम्पूर्ण अट्याचमेन्टहरुको एउटा सूची तपाईंले पाउन सक्नुहुन्छ । त्यो सूचीमा गएर एडिटमा ट्याप गर्नुहोस् र तपाईंले हटाउन चाहेका सम्पूर्ण कुराहरुलाई सेलेक्ट गरेर डिलिट गर्नुहोस् । 

३. म्यासेजलाई स्वतः डिलिट हुने गरी सेट गर्नुहोस् 

स्नापच्याटको एउटा फिचर भनेको यसमा पठाइने हरेक म्यासेजहरु निश्चित समयपछि स्वत: डिलिट हुन्छन् । जसले गर्दा तपाईंको फोनको स्टोरेज सधैं सुरक्षित रहन्छ । तर म्यासेज एपमा यस्तो सुविधा हुँदैन ।

यसमा तपाईंले आफै म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउनु पर्दछ । तपाईंले म्यासेज स्वत: डिलिट हुनेगरी समय तय गर्न सक्नुहुन्छ । प्रत्येक वर्ष वा प्रत्येक ३० दिनमा म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउन सक्नुहुन्छ ।

यसका लागि सबैभन्दा पहिले सेटिङ मा जानुहोस् र म्यासेज हुँदै त्यसभित्र रहेको म्यासेज हिस्ट्रीमा गएर किप म्यासेजमा ट्याप गरी त्यहाँ आफूलाई उचित लाग्ने समय राखेर सेटिङ मिलाउनुहोस् । अन्य अडियो म्यासेजका लागि पनि सोही प्रक्रिया अपनाउनुहोस् ।  

४. प्रयोग नभएका एपहरुलाई हटाउनुहोस् 

आईओएस इलााभेनमा अर्को स्टोरेज सेभिङ फिचर छ, जसलाई ‘अफलोड अनयुज्ड एप’ नाम दिइएको छ । यसलाई इनेबल गर्नका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यहाँबाट जनरल अनि आईफोन स्टोरेज हुँदै इनबेलमा क्लिक गर्नुहोस् । 

 यति गरिसकेपछि तपाईंको स्टोरेज कम हुँदा आईफोनले आफै प्रयोग बिहिन एपहरुलाई डिलिट गरिदिन्छ । 

५. क्यास एप डेटालाई डिलिट गर्नुहोस् 

ट्वीटरजस्ता एपले छिटो लोड हुन धेरै डेटा खपत गर्दछन् । यी क्यासले ठूलो स्टोरेज स्पेस ओगट्छ । तपाईंको ट्वीटरको मिडिया स्टोरेज सेक्सनमा फोटो, जीआईएफ र भाइनहरु बसेका हुन्छन् । यस्ता फाइलहरुलाई डिलिट गरेर तपाईंले स्टोरेजलाई पुनः बढाउन सक्नुहुन्छ ।  

यसो गर्नका लागि तपाईंसँग ट्वीटरको पछिल्लो नयाँ भर्सन हुन आवश्यक छ । एपमा रहेको आफ्नो प्रोफाइल आईकनमा जानुहोस् । सेक्युरिटी एण्ड प्राइभेसी ट्याप गर्नुहोस् त्यसपछि डेटा युजेजमा ट्याप गर्नुहोस् ।

त्यसपश्चात मिडिया स्टोरेजमा दबाएर क्लियर मिडिया स्टोरेजमा ट्याप गर्नुहोस् । वेब स्टोरेजलाई खाली गर्न पनि सोही किसिमको सेटिङ प्रक्रिया अपनाउन सक्नहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३