close

ओप्पोले सार्वजनिक गर्‍यो अहिलेसम्मकै फास्ट चार्जर, २० मिनेटमै मोबाइल फूल चार्ज हुने

टेकपाना टेकपाना

असार ३१, २०७७ १४:४८

ओप्पोले सार्वजनिक गर्‍यो अहिलेसम्मकै फास्ट चार्जर, २० मिनेटमै मोबाइल फूल चार्ज हुने

एजेन्सी । अब स्मार्टफोन अझै छिटो चार्ज गर्न सकिने भएको छ । ओप्पो कम्पनीले बुधबार १२५ वाटको चार्जर सार्वजनिक गरेको छ । चार्जिङ पावरको कुरा गर्दा यो क्षमताको चार्जर अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चार्जर हो । 

कम्पनीका इञ्जिनियर जेफ झाङका अनुसार यो एउटा गेम चेन्जिङ वायरलेस चार्जर हुनेछ । जसले मोबाइल फोनको ब्याट्रीलाई अहिलेसम्मकै सबैभन्दा छोटो समयमा फूल चार्ज गर्नेछ ।

यो चार्जरले आधुनिक फ्ल्यागशिप फोनको ४००० एमएएच क्षमताको ब्याट्रीलाई २० मिनेटभित्र फुल चार्ज गर्न सक्छ । शून्य प्रतिशत ब्याट्रीलाई पाँच मिनेटमा नै ४१ प्रतिशतसम्म चार्ज गर्न सक्छ । चार्जको समयमा यसले डिभाइसको तापक्रमलाई ४० डिग्री सेल्सियसमै कायम राख्दछ । 

यसअघि पनि ओप्पो कम्पनीले अन्य स्मार्टफोन ब्राण्डलाई पछि पार्दै ६५ वाटको चार्जर सार्वजनिक गरेको थियो  । एक्स टु प्रो जस्ता फोनमा प्रयोग भएको ६५ वाटको चार्जरभन्दा यसले दुई गुणा बढी छिटो परिणाम दिन्छ । १२५ वाटको चार्जरको आकार पनि ६५ वाटको सुपर भीओओसी २.० ब्रिक चार्जरको जस्तै छ । तर यसमा टाइप सी यूएसबी पोर्ट छ । 

ओप्पोले आफ्नो नयाँ चार्जरलाई अन्य डिभाइसहरुसँग मिल्ने बनाउन ६५ वाट यूएसबी पीडी र १२५ वाट पीपीएस सपोर्ट पनि प्रदान गर्ने बताएको छ । यस्तै ओप्पोले सोही समारोहमा अर्को फास्ट वायरलेस चार्जर पनि सार्वजनिक गरेको छ । 

उक्त नयाँ ६५ वाटको एयर भीओओसीले ४००० एमएएचको ब्याट्रीलाई ३० मिनेटमै फूल चार्ज गर्नसक्छ । यसले पनि फोनलाई ४० डिग्री सेल्सियसकै तापमानमा फुल चार्ज गर्न सक्छ । यसमा फोनको समानान्तर डुअल कोयल डिजाइन र ओप्पको आइसोलेटेड चार्ज पम्प प्रविधि प्रयोग भएको छ । 

तर ओप्पोले  यी दुवै चार्जरलाई सपोर्ट गर्ने डिभाइस कहिले सार्वजनिक गर्ने भनेर समय किटान गेको भने छैन । यद्यपी कम्पनीले त्यस्तो डिभाइस व्यापारिक रुपमा तयारी भइसकेको जनाएको छ ।

वास्तवमा ओप्पोको दर्शन अन्य प्रतिस्पर्धी प्रविधि ब्राण्डभन्दा फरक छ । अन्य ब्राण्डले जसरी भोल्टेजमा प्राथमिकता दिनुको साटो ओप्पोले सर्किट पोइन्टबाट बहने विद्युत करेन्टलाई प्राथमिकतामा राख्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३