close

खल्तीले बन्द गर्‍यो लकडाउनको छूट सुविधा

टेकपाना टेकपाना

असार ३१, २०७७ २२:२९

खल्तीले बन्द गर्‍यो लकडाउनको छूट सुविधा

काठमाडौं । खल्ती डिजिटल वालेटमा साउनदेखि सेवा शूल्क लाग्ने भएको छ । कोरोना भाइरसका कारण जारी लकडाउन खुकुलो बन्दै गएसँगै कम्पनीले दिँदै आएको छूट सुविधा बन्द गर्ने भएको हो ।

खल्तीले सूचना जारी गर्दै ग्राहकलाई निरन्तर रुपमा गुणस्तरीय सेवा प्रदान गर्न तथा सेवामा विविधिकरण गर्दै लैजान सेवा शूल्कलाई निरन्तरता दिनुपर्ने बाध्यता दर्शाएको छ । ‘खल्तीले लकडाउन अवधिभर सेवा शूल्कमा दिँदै आएको छूट सुविधा यहि साउन १ गतेदेखि कटौती गर्न लागेको सबै खल्ती डिजिटल वालेट प्रयोगकर्ताहरुलाई जानकारी गराउँद छौं,’ सूचनामा अगाडि भनिएको छ, ‘यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं ।’

कम्पनीका अनुसार अब कार्डबाट खल्तीमा रकम लोड गर्दा १.७५ प्रतिशत सेवा शूल्क लाग्नेछ । रकम झिक्दा तथा क्रेडिट कार्डको भुक्तानीमा लाग्ने शूल्क भने लकडाउन पूर्व अनुरुपकै रहने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३