close

४ क्यामेरा भएको सस्तो स्मार्टफोन सामसङ ग्यालेक्सी ए २१ एस नेपाली बजारमा

टेकपाना टेकपाना

असार ३१, २०७७ १८:३०

४ क्यामेरा भएको सस्तो स्मार्टफोन सामसङ ग्यालेक्सी ए २१ एस नेपाली बजारमा

काठमाडौं । लोकप्रिय मोबाइल ब्राण्डको रुपमा रहेको सामसङले सुलभ दरको स्मार्टफोन ग्यालेक्सी ए सिरिज अन्तर्गत ग्यालेक्सी ए २१ एस नेपाली बजारमा सार्वजनिक भएको छ । उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको यो फोनमा धेरै परिष्कृत सुविधाहरु रहेका छन् ।   

यसमा रहेको ४८ मेगापिक्सेलको क्वाड क्यामेरा सेटअपले मोबाइलको क्यामेरामा अन–द–गो (गतिमा रहेको अवस्था) मा पनि गुणस्तरीय फोटो क्याप्चर गर्नसक्ने फिचर समावेश छ । यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, आठ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स क्यामेरा, एउटा म्याक्रो लेन्स र अर्को डेफ्थ क्यामेरा गरी चार वटा क्यामेरा रहेका छन् । 

एट एक्स जूम (आठ गुणा जूम), डेडिकेटेड फुट मोड, र अल्ट्रा वाइड पानोरमा जस्ता सुविधाहरु समेत यसमा रहेका छन् । आफूले खिचेका व्यक्तिगत फोटोलाई अझै जीवन्त एवं व्यक्तिगत बनाउन विभिन्न प्रकारका स्ट्याम्प, फिल्टर र स्टिकर समेत प्रयोग गर्न सकिने छ । 

ग्यालेक्सी ए २१ एसमा प्रयोगकर्ताहरुले रमाइलो दृश्यावलोकनको अनुभव लिन सक्छन् । यो फोन २०:९ रेसियोको डिस्प्ले तथा डल्बी एट्मस अडियोको साथमा उपलब्ध रहेको छ । जसले गर्दा  सिनेम्याटिक दृश्यहरूको  जीवन्त अनुभव लिन सकिन्छ । 

यसमा लामो समयसम्म चल्ले ५००० एमएचएचको ब्याट्री राखिएको छ , जसले प्रयोगकर्तालाई लगातार २१ घण्टासम्म भिडियो हेर्ने सुविधा दिन्छ । यसमा रहेको १५ वाटको फास्ट चार्जिङ सुविधाका कारण चाडैं नै मोबाइल चार्ज हुने हुँदा धेरै समय खेल खेल्न र मनोरञ्जन लिन सकिन्छ । 

यो फोनलाई नक्सद्वारा इन्स्क्रिप्ट गरिएको छ, जसले गर्दा गोप्य फाइलहरु, क्रेडिट कार्डका विवरणहरु तथा कारोबार, पासवर्डहरु एवं स्वास्थ्य सम्बन्धी डेटाहरुलाई थप सुरक्षा प्रदान गर्दछ । यसले प्लेटफर्म स्तरदेखि अपरेटिङ सिस्टम प्रणालीको माध्यमबाट चलिरहेका र कुनै पनि नकारात्मक परिवर्तन पत्ता लगाई प्रयोगकर्ताको डेटालाई सधैं सुरक्षित बनाउने कार्यको सुनिश्चितता दिन्छ । 

सामसङ ग्यालेक्सी ए २१ एस रिभ्यू

यसले डेटालाई जहिले पनि सुरक्षित र कुनै पनि सम्भावित साइबर आक्रमणबाट बचाउन  समेत मद्दत गर्दछ ।  ग्यालेक्सी ए २१ एसमा, नयाँ एक्जिनस ८५० चिपसेट प्रयोग भएको छ । जुन एआईमा आधारित गेम बुस्टर २.० को साथ उपलब्ध छ । यसले फ्रेम रेट एवं स्टेविलिटिमा सुधार गर्छ, र  अधिकतम सेटिङमा पनि गेम खेल्दा ब्याट्रीको खपत कम गर्दछ ।  

यसमा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई मेमोरीकार्ड मार्फत ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।  साथै सामसङको  सिग्नेचर वान यूआई इन्टरफेसले उपभोक्ताहरूलाई एक हातले चलाउने तथा डार्क मोडको सुविधा प्रदान गरी थप सहजता प्रदान गरेको छ । यो फोनमा फेस रिकग्निसन तथा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ । 

बजेट सेग्मेन्टको यो फोन कालो, सेतो र निलो गरी तीन रंगहरुमा उपलब्ध छ । चार जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा २४ हजार ९९९ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३