close

जियोमा गूगलले गर्‍यो ५ खर्ब ४० अर्ब लगानी

टेकपाना टेकपाना

साउन १, २०७७ ९:३

जियोमा गूगलले गर्‍यो ५ खर्ब ४० अर्ब लगानी

एजेन्सी । गूगलले भारतको सबैभन्दा ठूलो मोबाइल नेटवर्क कम्पनी जियोको शेयर खरिद गरेको छ । गूगलले जियोको ७.७ प्रतिशत शेयर स्वामित्व साढे चार अर्ब डलर अर्थात करिब पाँच खर्ब ४० अर्ब रुपैयाँमा खरिद गरेको हो । 

गूगलले केही दिन अघि मात्र भारतमा आगामी पाँचदेखि सात वर्षको बीचमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । गूगल र जियोले न्यून मूल्यको एन्ड्रोइड फोन निर्माणमा संयुक्तरुपमा काम गर्ने सम्झौता समेत गरेका छन् । उक्त सम्झौतासँगै अब गूगलले दक्षिण एसियाको बजारमा आफ्नो पाइला विस्तार गरेको छ । 

गत अप्रिलमा फेसबुकले जियोमा लगानी गरेपछि सो कम्पनीमा लगानी गर्ने गूगल चौंथो ठूलो खेलाडी बनेको छ । गत अप्रिलमा फेसबुकले पाँच अर्ब ७० करोड डलर लगानी गरेर ९.९ प्रतिशत शेयर स्वामित्व खरिद गरेको थियो । 

यस्तै जुलाईमा इन्टेल क्यापिटलले जियोको ०.३९ प्रतिशत शेयर स्वामित्व २५ करोड डलरमा खरिद गरेको थियो । त्यसको केही दिनमा क्वालकमको वित्तीय विभागले  ९ करोड ७० लाख डलरमा जियोको 0.१५ प्रतिशत शेयर खरिद गर्‍यो । 

भारतको दूरसञ्चार कम्पनी जियोले दूरसञ्चार तथा इन्टरनेट सेवा मात्र दिदैँन । यसको आफ्नै इकमर्स प्लेटफर्म, बिग डेटा, क्लाउड कम्प्युटिङ र एआई आउटलेट पनि छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३