close

ह्वावेका कर्मचारीलाई अमेरिकाले भिषा नदिने

टेकपाना टेकपाना

साउन १, २०७७ १५:२३

ह्वावेका कर्मचारीलाई अमेरिकाले भिषा नदिने

एजेन्सी । अमेरिकी सरकारले ह्वावेका कर्मचारीलाई अमेरिका प्रवेशका लागि भिषा नदिने निर्णय गरेको छ । त्यसका साथै भिषा पाएर अमेरिकामा कार्यरत ह्वावेका कर्मचारीको भिषा समेत रद्द हुने भएको छ ।

यसमा विशेष गरी चिनियाँ टेक जायन्ट कम्पनी ह्वावेलाई विश्व व्यापीरुपमा मानव अधिकार उलंघन गर्न भौतिक सहयोग गर्ने कर्मचारी रहेको बताइएको छ । ‘संघीय सरकारले केही प्रविधि कम्पनीमा कार्यरत कर्मचारीको भिषा रद्द गर्नुका साथै भिषा बन्द गर्नेछ,’ अमेरिकी विदेश सचिव माइक पोम्पेओले भनेका छन्, ‘जसमा ह्वावे लगायतका अन्य कम्पनीका कर्मचारी समेत रहेका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४