close

फाइभजीमा यसरी सफल भयो ९ माइल टाढाको सर्जरी

टेकपाना टेकपाना

साउन १, २०७७ १३:२५

फाइभजीमा यसरी सफल भयो ९ माइल टाढाको सर्जरी

एजेन्सी । फाइभजी प्रविधिले वेब ब्राउजिङलाई अहिलेसम्मकै छिटो बनाउने मात्र होइन, यसले भविष्यको चिकित्सा प्रक्रियाको सम्भावनाको बाटो समेत खोल्ने विज्ञहरु बताउँछन् । 

वायरलेस कनेक्टिभिटीको पछिल्लो पुस्ताको भरपूर फाइदा  लिँदै इटलीमा अनुसन्धानकर्ताहरुले सफलतापूर्वक एउटा अनुसन्धान सम्पन्न गरेका छन् । उक्त अनुसन्धानमा एकजना सर्जनले ९ माइलको दूरीमा बसेर रोबोटिक सिस्टमको सहयोगमा एउटा लासको सफलतापूर्वक टेली सर्जरी सम्पन्न गरेका हुन् ।  

जेनोवा स्थित इन्स्टिटुटो इटालियानो डी टेक्नोलोजियाका वैज्ञानिकहरुको टोलीले सो अध्ययन सम्पन्न गरेका थिए । उक्त अनुसन्धान एनल्स अफ इन्टर्नल मेडिसिन जर्नलमा प्रकाशित छ । फाइभजी नेटवर्कमा आधारित टाढैबाट सञ्चालित सर्जिकल रोबोटिक सिस्टमले वयस्क मानिसको शवको भोकल कर्डको शल्यक्रिया गरेको थियो । 

मलानको दक्षिणपश्चिमी भोडाफोन गाउँमा बसेर ती सर्जनले ९ माइल टाढा रहेको उत्तरपूर्वी शहरको शान राफेल अस्पतालमा रहेको शवको शल्यक्रिया गरेका थिए ।

उक्त जर्नल पेपरमा लेखिएको छ, ‘फाइभजी टेली सर्जरी प्रयोगबाट सर्जनले सर्जिकल रोबोट, चिम्टा र लेजरलाई राम्रोसँग नियन्त्रण गरेका थिए र शवको भोकल कर्डमा हाई प्रिसिजन लेजर कोर्डेक्टोमिज सम्पन्न गरेका थिए ।’

रोबोट र इन्टरफेसको उच्च गुणस्तरको उपस्थितिले यो सम्भव भएको पेपरमा उल्लेख छ । टिमका अनुसार लो लेटेन्सी, हाई ब्याण्डविथ जस्ता फाइभजीको गुणले सो प्रयोगलाई सहजीकरण गरेको थियो । फाइभजीको यहि क्षमताले वायरलेस कनेक्सन र आईओटीमा पनि क्रान्ति ल्याउने टेलिकम्युनिकेसन कम्पनीहरु बताउँछन् । 

रिसर्चका प्रमुख लेखकका अनुसार रिमोट टेलिसर्जरी वर्षौंदेखिको एउटा सपना थियो । तर यो अनुसन्धानले फाइजीमा यसलाई व्यवस्थापन गर्न सकिने कुरा प्रमाणीत गरेको उनी बताउँछन् । यो टेली सर्जरीले फाइभजीमा टेलिसर्जरी सम्भव बनाएको उनको भनाई छ । 

टेली सर्जरी गर्ने विश्वको सपना २० वर्षभन्दा धेरै पुरानो हो । सन् २००१ मा एकजना व्यक्तिले पहिलोपटक टेली सर्जरी गरेका थिए र यसले उत्साह जगाएको थियो । तर सर्जिकल रोबोटको कमी र छिटो र विश्वासनीय नेटवर्क कनेक्सनको कमीले गर्दा यो हालसम्म सम्भव हुन सकेको थिएन । 

तर अब भने अपरेसन रुममा सर्जिकल रोबोटको उपस्थिति बढ्दो ट्रेण्ड बनिसकेको छ । अल्ट्राफास्ट, स्थिर र विश्वासनीय डेटा ट्रान्समिसनका कारण फाइभजी विश्वव्यापी बन्दैछ । यो प्रविधि र प्रयोगको विषयमा रिसर्चका प्रमुख लेखक डि म्याटोससँग गरेको कुराकानीको सम्पादित अंशः 

यो अनुसन्धान गर्न के कुराले प्रेरित गर्‍यो ?

टेलिसर्जरी पुरानो सपना हो । अहिलेको महामारीले यसको औचित्य र फाइदालाई थप सान्दर्भिक बनाएको छ । यसले संक्रमित विरामी र सर्जनबीच दूरी कायम गरेर स्वास्थकर्मीको संरक्षण गर्दछ ।

हामीले कोभिड १९ महामारी अघि नै यो अनुसन्धान गर्ने निर्णय गरेका थियौं । फाइभजीको अल्ट्रा लो लेटेन्सी युक्त एक जीबीसम्मको उच्च ब्याण्डविथले टेलिसर्जरीका लागि प्रविधिलाई सपोर्ट गर्‍यो । हामीले वास्तविक परिदृश्यमा यसलाई सम्पन्न गर्ने सोचेका थियौं र त्यसैअनुसार यो अनुसन्धान गरेका हौं  । 

रिमोट सर्जरीको सबैभन्दा ठूलो उपयोगीता के हो ?

यसको सबैभन्दा ठूलो उपयोगीता भनेको फाइभजीमा टेलिसर्जरी सम्भव छ भन्ने कुरा हामीले थाहा पायौं । प्राविधिक दृष्टिकोणबाट दुवै फाइभजी र रिमोट कन्ट्रोल सर्जिकल रोबोट परिपक्व हुनुपर्छ र यस्तो संवेदनशील प्रयोगमा आफ्नो विश्वासनीयता र सुरक्षालाई प्रमाणीत गर्नुपर्छ । 

हार्डवेयर, सफ्टवेयर वा नेटवर्क समस्याको कारण अपरेसनको बीचमा सिस्टम क्रयास हुन्छ भने यो स्विकार्य हुने छैन । रिमोट सर्जरीको वैधानिक तथा नैतिक पक्षको बारेमा अध्ययन पछि नै समाधान हुनेछन् ।

अनुसन्धान गरिरहँदा तपाईंहरु आफै आश्चर्य चकित बनेको कुनै विषय छ ?

यो सिस्टमले काम गर्छ भनेर प्रमाणीत हुनुभन्दा ठूलो आश्चर्यको कुरा अरु छैन । सर्जनले रोबोट कन्ट्रोल गरिरहँदा जस्तो लेटेन्सी पाइयो, त्यो बारेमा हामीलाई थाहा थिएन ।

रोबोटिक्स र टेलिकम्युनिकेसनका इञ्जिनियरहरुलाई लेटेन्सीलाई घटाउँदै थ्रीडी भिडियोको सर्जिकल साइटमा सर्जनलाई जानकारीको गुणस्तर कायम गराउनु ठूलो इञ्जिनियरिङ ताकतको आवश्यकता पर्दछ । 

तर हामीले अन्त्यमा यसलाई सम्भव तुल्यायौं । सर्जनहरु एकदमै खुशी भए । केही समस्याहरु पनि देखिए । त्यसलाई घटाउने समाधानको खोजी हामी गरिरहेका छौं । तर यसले सर्जिकल कामलाई कुनै असर पारेन । 

अब तपाईंको टिमको अर्को के योजना छ ? यो अनुसन्धानको कसरी उद्‍‌विकास हुन्छ ?

 अहिले टिम टेलिअपरेसनको दौरानमा थप लेटेन्सी घटाउन र सिस्टमलाई बलियो बनाउन रिफाइनको काममा लागिरहेको छ । हामी सुरक्षा सुपरिभिजन विधि र जोखिम घटाउने काममा लागिरहेका छौं । ता कि यो सिस्टमलाई वास्तविक क्लिक प्रयोगका लागि सर्टिफाइ गर्न सकौं ।

यसबाहेक हामी सर्जिकल सेटअपलाई रिफाइन गर्न र यसलाई थप अन्य अपरेसनमा प्रयोगयोग्य बनाउन काम गरिरहेका छौं । क्लिनिकल सिस्टमतर्फको प्रगतिलाई थप तिब्र बनाउन हामी सर्जिकल रोबोट निर्माणकर्तासँग पनि सहकार्य गर्दैछौं र यो अहिले छलफलकै क्रममा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४