close

वालेटको रकम ट्रान्सफर र अन्तर बैंक एटीएम प्रयोगमा उपलब्ध निःशूल्क सेवा बन्द

टेकपाना टेकपाना

साउन १, २०७७ १६:३२

वालेटको रकम ट्रान्सफर र अन्तर बैंक एटीएम प्रयोगमा उपलब्ध निःशूल्क सेवा बन्द

काठमाडौं । कोभिड १९ का कारण जारी लकडाउन खुकुलो बन्दै गएसँगै खल्ती, ईसेवा लगायतका डिजिटल वालेट तथा अन्तर बैंकिङ एटीएममा पुरानै शूल्क कायम भएको छ । 

ई सेवा, खल्ती तथा फोन पे र कार्ड सेवाप्रदायकले साउन १ गतेदेखि पुरानै शूल्क लागु गरेका छन् । छुट्टा छुट्टै सूचना जारी गर्दै सेवाप्रदायकले गत चैत ५ गतेदेखि बैंक ट्रान्सफर, क्रेडिट कार्ड भुक्तानी, कार्डबाट वालेट लोड गर्ने लगायतका सेवाहरु निःशूल्क प्रदान गर्दै आइरहेको थिए । 

तर लकडाउन खुकुलो बन्दै जान थालेपछि सम्पूर्ण सेवामा पूर्ववत शूल्क लागू गर्ने कम्पनीहरुले जनाएका छन् ।

निरन्तररुपमा गुणस्तरीय सेवा प्रदान गर्न तथा सेवामा विविधिकरण गर्दै लैजान सेवा शूल्कलाई निरन्तरता दिनु पर्ने बाध्यता रहेको सेवा प्रदायकहरुले बताएका छन् । 

सेवाग्राहीहरुले अब खल्तीमा रकम लोड गर्दा १.७५ प्रतिशत सेवा शूल्क तिर्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थाहरुले पनि साउन १ गतेदेखि नै विद्युतीय कारोबारमा शूल्क लिने भएका छन् ।

लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाहरु बन्द हुँदा चैत ७ गतेदेखि बैंकहरुले विद्युतीय कारोबारहरु निःशूल्क प्रदान गर्दै आइरहेका थिए । आजदेखि भने, नगद झिक्दा अन्तर बैंक एटीएम कार्डमा दिइएको निःशूल्क सुविधा कटौती भएको छ । 

यद्यपी के कति शूल्क लाग्ने भन्ने विषयमा सम्बन्धित बैंक आफैले निर्णय गर्ने बुधबार नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा उल्लेख गरेका छन् । 

यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस, आईपीएस र इलेक्ट्रोनिक चेक क्लियरिङ सेवामा शूल्क लाग्ने वा नलाग्ने विषय भने स्पष्ट भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४