close

लाइसेन्स नवीकरणको बक्यौता बुझाउन स्मार्टलाई भदौंसम्मको म्याद

टेकपाना टेकपाना

साउन २, २०७७ ८:२७

लाइसेन्स नवीकरणको बक्यौता बुझाउन स्मार्टलाई भदौंसम्मको म्याद

काठमाडौं । सरकारले स्मार्ट टेलिकमलाई लाइसेन्स नवीकरणको अग्रीम दस्तुर बुझाउनका लागि थप दुई महिनाको म्याद थप गरिदिएको छ । असार २९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले स्मार्टलाई बक्यौता तिर्न थप समय दिने निर्णय गरेको हो ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ एवंम सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यसबारे जानकारी गराएका हुन् । स्मार्टले मन्त्रालयमा इजाजतपत्र नवीकरण दस्तुरको आठौं किस्ता बुझाउनका लागि समय थप गरिदिन पत्र पठाएको थियो ।

पत्रमा कारोनाका कारण तोकिएको समयमा किस्ता रकम बुझाउन नसकिएकाो भन्दै समय थप गरिदिन आग्रह गरिएको थियो । सोही पत्रको आधारमा सरकारले स्मार्टलाई थप दुई महिनाको समय दिएको हो ।

स्मार्टले इजाजतपत्र नवीकरण दस्तुरको आठौं किस्ता वापत गएको वैशाखमा १ अर्ब २५ करोड रुपैंया तिर्नुपर्ने थियो । कम्पनीले उक्त रकम वैशाखमा तिर्न नसक्ने भन्दै समय थप गर्न माग गरेको थियो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको माग अनुसार एक महिनाको समयावधी थप गरिदिएको थियो । तर दिइएको थप अवधिमा समेत कम्पनीले बक्यौता रकम बुझाउन सकेन ।

सरकारले दुई महिना समय थप गरेसँगै स्मार्टको नाममा रहेको एक अर्ब २५ करोड बक्यौता बुझाउने दबाव केही समयका लागि कम भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४