close

एफटीटीएचमा टेलिकमको आकर्षक अफर, ८५७ रुपैयाँमै १५ एमबीपीएस, साथमा ३ हजार मिनेट भ्वाइस

टेकपाना टेकपाना

साउन १, २०७७ २१:९

एफटीटीएचमा टेलिकमको आकर्षक अफर, ८५७ रुपैयाँमै १५ एमबीपीएस, साथमा ३ हजार मिनेट भ्वाइस

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएचमा बिहीबार देखि लागु हुने गरी विभिन्न अफर उपलब्ध गराएको छ । जसअन्तर्गत कम्पनीले फाइबर टु दि होम अर्थात एफटीटीएच सेवालाई डेटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाएको छ ।

कम्पनीले एफटीटीएचको डेटा प्याक अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकेजहरु उपलब्ध गराएको हो । जसअन्तर्गत १२ सय रुपैंयामा एक महिना, ३६ सय रुपैंयामा तीन महिना र १४ हजार चार सय रुपैयाँमा एक वर्षको लागि २० एमबीपीएसको इन्टरनेटा उपलब्ध हुनेछ ।

त्यस्तै ५० एमबीपीएस गतिको इन्टरनेटको मूल्य एक महिनाको १८ सय, तीन महिनाको ५४ सय र १२ महिनाको २१ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै टेलिकमले एफटीटीएच अन्तर्गत नै कम्बो नामक अर्को प्याक सार्वजनिक गरेको छ । यस अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुनेछ ।

१५ एमबीपीएसको एक महिनाको प्याकेज एक हजार रुपैयाँमा, तीन महिनाको प्याकेज तीन हजार रुपैयाँमा र १२ महिनाको प्याकेज १२ हजार रुपैयाँमा उपलब्ध भएको छ । त्यस्तै २५ एमबीपीएस गति भएको इन्टरनेट प्याकेजको एक महिनाका लागि १५ सय रुपैयाँ, तीन महिनाका लागि ४५ सय रुपैयाँ र १२ महिनाको १८ हजार रुपैंया तोकिएको छ ।

यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक दुई हजार, तीन महिनाको ६ हजार र १२ महिनाको २४ हजार रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ । प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा सात सय ५० मिनेट र १२ महिनाको प्याकमा तीन हजार मिनेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप दुई महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यस हिसावले टेलिकमको सबैभन्दा सस्तो प्याकेज १५ एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि लिँदा मासिक ८५७ रुपैयाँ मात्र पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४