close

सिर्जनशील विद्यार्थीलाई ८ हप्तासम्म निःशूल्क प्रशिक्षणको अवसर

टेकपाना टेकपाना

साउन २, २०७७ १२:६

सिर्जनशील विद्यार्थीलाई ८ हप्तासम्म निःशूल्क प्रशिक्षणको अवसर

काठमाडौं । स्टार्टअप तथा उद्यमशीलता सम्बन्धी सोँच भएका प्रतिभाशाली विद्यार्थीलाई इन्क्युबेट नेपालले निःशूल्क प्रशिक्षण दिने भएको छ । नेपालमा कक्षा ११ र १२ मा पढ्दै गरेका र पास गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै संस्थाले आवेदन माग गरेको हो ।

अमेरिकाको हार्वर्ड विश्ववद्यालय र एमआईटी विश्वविद्यालयमा अध्ययन गरेका नेपालीहरुको यो समूहले प्रतिभाशाली विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बताइएको छ । इन्क्युबेट नेपालले प्रतिभाशाली र सृजनशील विधार्थीहरुको लागि कसरी ‍विभिन्न किसिमका नयाँ प्रोजेक्ट सुरु गर्ने र त्यसलाई सञ्चालन गर्ने भन्ने बिषयमा ८ हप्ताको निःशुल्क अनलाइन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।

आवेदन दिनेहरु मध्येबाट २० जना विधार्थी छनौट गरिने इन्क्युबेट नेपालले जनाएको छ । यसरी छानिएका विधार्थीहरूलाई चार/चार जनाको समूहमा विभाजन गरी हरेक समूहलाई एउटा प्रशिक्षकले आठ हप्तासम्म तालिम दिनेछन् ।

छानिएका विधार्थीहरूलाई सम्बन्धित शिक्षकको मार्गदर्शनमा रहेर शोध पत्र लेख्न तथा मोबाइल एपहरु विकास गर्न लगाइनेछ । यसरी तालिम प्राप्त विद्यार्थीहरूले कार्यक्रमको अन्त्यमा आफ्ना कामहरूको प्रस्तुति समेत दिनुपर्नेछ ।

कसरी दिने आवेदन ?

सुरुमा यहाँ क्लिक गर्नुहोस् र दिइएको आवेदन फाराम भर्नुहोस । यदि तपाईंले कक्षा ११ वा १२ पुरा गर्नुभएको छ तर स्नातक तहमा भर्ना भइसक्नु भएको छैन भने मात्रै आवेदन दिन सक्नुहुनेछ । आवेदन आगामी जुलाई १९ अर्थात साउन ४ गते मध्यान्ह १२ बजेभित्रमा पेश गरिसक्नुपर्नेछ । यस विषयमा थप जानकारी लिन यहाँ क्लिक गरेर ईमेलमार्फत सोध्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४