close

के हो स्मार्टफोनमा प्रयोग हुने म्याक्रो क्यामेरा ?

टेकपाना टेकपाना

साउन २, २०७७ १३:१७

के हो स्मार्टफोनमा प्रयोग हुने म्याक्रो क्यामेरा ?

एजेन्सी । स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुले पछिल्लो समय आफ्नो फोन क्यामेरामा म्याक्रो लेन्स प्रयोग गर्न थालेका छन् । यो लेन्सले प्रयोगकर्ताहरुलाई जुनसुकै वस्तुको क्लोजअप सट लिन मद्दत गर्दछ । तर आफ्नो फोन क्यामेरामा धेरैवटा रियर क्यामेरा भएको देखाउन मात्र स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुले तस्वीरको गुणस्तरतालाई वेवास्ता गर्दै म्याक्रो लेन्सहरु थप गर्दै गइरहेका छन् । 

ह्वावेदेखि रियलमी, सामसङ हुँदै साओमीसम्मका सबै ब्राण्डहरुले आफ्नो फोनमा गुणस्तरहीन म्याक्रो क्यामेरा सार्वजनिक गरिरहेका छन् । तर साओमी कम्पनीले भने आफ्नो पोको एफ टु प्रो फोनबाट यो ट्रेण्डलाई चुनौती दिएको छ । 

मोबाइल ब्राण्डमा म्याक्रो क्यामेरा फिट नहुनुको मूख्य कारण भनेको यसले एकदमै लो रेजोलुसन सेन्सर दिन्छ । दुई मेगापिक्सेलको सेन्सर चर्चित म्याक्रो क्यामेरा सोलुसन हो । यो सेन्सर बजेट फोन र महंगा सेग्मेन्टको फोन वान प्लस एट दुवैमा उपलब्ध छ । 

सामसङ जस्ता केही ब्राण्डहरु पाँच मेगा पिक्सेलको म्याक्रो लेन्स पनि आफ्नो फोनमा प्रयोग गर्छन् । यसले तुलनात्मक रुपमा केही राम्रो परिणाम दिन्छ । तर यसले म्याक्रो फोटोग्राफीको वास्तविक अनुवभव भने प्रदान गर्न सक्दैन । 

परम्परागत म्याक्रो क्यामेराको अर्को बेफाइदा भनेको यसको फोकसिङ एकदमै कमजोर हुन्छ । यसबाट राम्रो सट पाउनका लागि वस्तुको नजिक जानुपर्छ । धेरै नजिक जाँदा यसमा राम्रो सन्तुलन पाउन सकिन्छ । किराफट्याङ्ग्रा र चार खुट्टे प्राणीहरुको तस्वीर लिदाँ भने यो समस्याको विषय बन्न सक्छ । 

तर पोको एफ टु प्रो म्याक्रो क्यामेरामाले भने यो समस्याको समाधान गरेको छ । पोकोले यो समस्या उसको टेलिफोटो म्याक्रो लेन्सबाट समाधान गरेको हो । 

 पोको एफ टु प्रोको टेलिफोटो म्याक्रो क्यामेरा के हो ?

पाेको एफ टु प्रो फोनले आफ्नो मोबाइल क्यामेरामा पाँच मेगापिक्सेलको क्यामेरा लेन्स प्रयोग गरेको छ । यसबाट म्याक्रो फोटोमा थप डिटेल भ्यू पाउन सकिन्छ । साथै चाहेको खण्डमा फोटोलाई थप क्रप समेत गर्न सकिन्छ । 

यति मात्र होइन पोकोले परम्परागत म्याक्रो लेन्सको साटो ‘टेलिफोटो लेन्स’ पनि प्रयोगमा ल्याएको छ । यसबाट तपाईंले अन्य परम्पारागत म्याक्रो लेन्सको तुलनामा टाढै बसेर पनि फोटो लिन सक्नुहुन्छ । यो क्यामेरामा आकर्षक बुके इफेक्ट पनि पाउन सक्नुहुन्छ । यसले वस्तुलाई पप आउट बनाउँछ । गहिरो थेप्थ अफ फिल्ड इफेक्ट दिने म्याक्रो क्यामेराभन्दा टेलिफोटो क्यामेराले प्राकृतिक रुपमा नै ब्लर ब्याकग्राउण्ड दिन्छ । 

यसको मतलब पोको एफ टु प्रोले उत्कृष्ट म्याक्रो फोटोग्राफी दिन्छ भन्ने होइन । सुधारका लागि अझै पनि धेरै ठाउँ बाँकी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४