close

विदेश अध्ययनका लागि अब अनलाइनबाटै एनओसी आवेदन

टेकपाना टेकपाना

साउन २, २०७७ १४:०

विदेश अध्ययनका लागि अब अनलाइनबाटै एनओसी आवेदन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) को आवेदन अब अनलाइनबाटै गर्न सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाइन सिस्टमको उद्घाटन गरेका हुन् ।

यससँगै अब नो अब्जेक्सन लेटर लिन चाहने विद्यार्थीहरुले केशरमहल स्थिति वैदेशिक अध्ययन अनुमति शाखामा गएर आवेदन दिनुपर्ने अवस्थाकाे अन्त्य भएको छ ।

यहाँ क्लिक गरेर शाखाकाे अनलाइन आवेदन भर्न सकिनेछ । यसरी दिएको आवेदन स्वीकृत भए/नभएको जानकारी समेत अनलाइनबाटै गराइने मन्त्रालयले जनाएको छ ।

आवेदन स्वीकृत भएको खण्डमा तोकिएको राजस्व दस्तुर बैंकमा जम्मा गरेपश्चात नो अब्जेक्सन लेटर लिन आउने मिति ईमेलमार्फत जानकारी दिइनेछ । यसरी जानकारी प्राप्त भएपश्चात तोकिएको समयमा वैदेशिक अध्ययन अनुमति शाखा केशरमहलमा गएर आफ्नो एनओसी लेटर बुझ्न सकिनेछ ।

यो व्यवस्थाबाट सेवा प्रवाहमा सहजता हुनुका साथै विदेशी विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाहरुमा शूल्क पठाउने कार्यमा सहयोग पुर्‍याउँदै आएका नेपाल स्थित विभिन्न बैंकहरुलाई नो अब्जेक्सन सर्टिफिकेट प्रमाणपत्र पहिचान गर्न समेत सहज हुने र अध्यागमन कार्यालयलाई वास्तविक विद्यार्थीको सत्यापन गर्न मन्त्रालयको यही प्रणालीले सहयोग गर्ने सह प्रवक्ता दिव्या दवाडीले जानकारीले बताएकी छिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४