close

संगठित भए भारतीय च्यानल बन्द गर्ने डिजिटल टीभी प्रदायक

टेकपाना टेकपाना

साउन २, २०७७ १७:४२

संगठित भए भारतीय च्यानल बन्द गर्ने डिजिटल टीभी प्रदायक

काठमाडौं । डिजिटल टीभी सेवाप्रदायक तथा उपभोक्ताहरुको हकहीत संरक्षण गर्ने उद्देश्यका साथ डिजिटल टीभी अपरेटर एसोसिएसन अफ नेपाल गठन भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत संगठनले यसको घोषणा गरेको हो ।

डिजिटल टेलिभिजन सेवा प्रदायकको संगठन नुहँदा कतिपय निर्णयहरु स्वविवेकपूर्ण किसिमले लिनुपर्ने अवस्था रहेको भन्दै त्यस किसिमको अवस्थाको अन्त्यका लागि सांगठनीक संरचना तयार पारिएको बताइएको छ ।

‘यसअघि भारतीय सञ्चार माध्ययममा देशको प्रधानमन्त्रीको बारेमा नकारात्मक कन्टेन्ट प्रवाह भयो । उक्त कन्टेन्ट बन्द गर्ने वा नगर्ने निर्णय लिन सेवाप्रदायक संस्थाहरु नै अग्रसर भएका थिए,’ संगठनका नव नियुक्त अध्यक्ष तथा डिश मिडिया नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप आर्चायले भने, ‘उक्त कन्टेन्ट प्रसारण गर्न हामीलाई पनि असहज भएको थियो । तर, निर्णय लिन त्यति सहज भने थिएन ।’

ग्राहकले पैसा तिरेर यस्ता कन्टेन्ट हेर्नुपर्ने भन्ने किसिमका निकै धेरै गुनासो आएपछि सरकारको राय समेत बुझेर सेवाप्रदायकहरुले संस्थागत रुपमा केही समाचार च्यानल बन्द गरेका थिए । त्यससँगै यस किसिमको संगठनको आवश्यकता महसुस भएको उनीहरुले बताएका छन् ।

आवश्यकता महसुस गरेरै संगठनको सुरुवात गरिएको अध्यक्ष आचार्य बताउँछन् । आचार्यको अध्यक्षतामा बनेको संगठनमा म्याक्स टीभीका दिनेश सुवेदी, मेरो टीभीका प्रकाश घिमिरे, भाय टीभीका विनय बोहोरा, ब्रोड टीभीका विनोद तिमिल्सिना, नेट टीभीका निरन राज भण्डारी, प्रभु टीभीका रवीन सुवेदी र क्लियर टीभीका अमित थापा सदस्यको रुपमा रहेका छन् ।

संस्थाले आगामी तीन महिनामा लागु हुन गइरहेको क्लिन फीड नीतिलाई सञ्चार तथा सूचा प्रविधि मन्त्रालयसँग समन्वय गर्ने सदस्य विनय बोहोराले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४