close

नेटफ्लिक्समा प्रदर्शनमा आउदै नयाँ १२ बलिउड फिल्म

टेकपाना टेकपाना

साउन २, २०७७ १७:१९

नेटफ्लिक्समा प्रदर्शनमा आउदै नयाँ १२ बलिउड फिल्म

काठमाडौं । नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा १७ वटा नयाँ हिन्दी फिल्म तथा टीभी शो रिलिज गर्ने भएको छ । नेटफ्लिक्समा १२ वटा बलिउड फिल्म र पाँचवटा टीभी सिरिजहरु प्रदर्शन हुन लागेका हुन् । 

यी फिल्म र शोहरुमा अनील कपुर, पुजा भट्ट, बबी देवल, भुमी पेड्नेकर, कोनकोना सेनशर्मा, जानभी कपुर र अन्य धेरै बलिउड हस्तीहरु भूमिकामा देखिएका छन् । नेटफ्लिक्सले आगामी महिनामा रिलिज गर्ने यी भिडियो सामाग्रीहरुमा थ्रिलर, रोमान्टिक कमेडी, मनोरञ्जनात्मक ड्रामाहरु समेत रहेका छन् । 

यी हुन् नेटफ्लिक्समा प्रद्धर्शन हुने नयाँ हिन्दी फिल्महरुमा लुडो, तोर्बाज, रात अकेली है, डोली किट्टी और वो चमकता सितारे, बम्बे रोज, गिन्नी विड्स सन्नी आदी रहेका छन् ।

यसैगरी अन्य फिल्महरुमा गुञ्जन सक्सेनाः द कार्गिल गर्ल, त्रिभग्ना-डेढी मेडी क्रेजी, काली खुशी, सिरियस म्यान, क्लास अफ ‘८३’ र एके भिएस एके रहेका छन् । यस्तै टीभी शोहरुमा मिसम्याच, अ स्युटेबल व्बाइ, मासाबा मासाबा, बम्बे बेगम, भाग बेनी भाग रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४