close

विश्वकै ठूला धनाढ्य जेफ बेजोसको कहानी

टेकपाना टेकपाना

साउन ३, २०७७ २१:२९

विश्वकै ठूला धनाढ्य जेफ बेजोसको कहानी

एजेन्सी । जेफ बेजोस विश्वका सबैभन्दा ठूला धनाढ्य व्यक्ति हुन्  । सन् २०१७ मा उनी विश्वको पहिलो सेन्टी बिलेनियर बनेका थिए । मतलब सय अर्ब डलरवाला नेटवर्क भएको व्यक्ति । अहिले कोरोनाभाइरसका कारण उनको सम्पत्ति अझै बढेको छ । ब्लुमवर्गले जारी गरेको नयाँ सूचांकअनुसार बेजोसको सम्पत्ति १७२ अर्ब डलर नाघिसकेको छ ।

गत वर्ष उनले आफ्नी श्रीमती म्याकेन्जीसँग डिभोर्स गरेका थिए । डिभोर्स गर्दा उनको सम्पत्ति घटेको थियो । डिभोर्स भएको एक वर्षपछि उनले डिभोर्स हुनुअघिको आफ्नै सम्पत्तिको रेकर्ड केही साता अघि मात्र उनले तोडेका थिए ।

त्यसको ठूलो भाग अमेजनबाट आएको हो, जसमा उनी सीईओ छन् । त्यसबाहेक उनका अन्य धेरै कारोबारहरु पनि छन् । वासिङटन पोस्ट, अमेजनको होल फूड कम्पनी, स्पेस एक्स्प्लोसन कम्पनी ब्लु ओरिजिन उनैका हुन् । यस्ता कम्पनीको सूची निकै लामो छ । 

तर बेजोसको जिन्दगी भने विरोधाभाषले भरिएको छ । सफ्टवेयर र त्यस्तै विभिन्न विषयका प्रेमी बेजोस आफ्ना सेवाग्राहीहरुको ख्याल राख्ने व्यक्तिको रुपमा चिनिन्छन् । तर उनीमाथि आफ्नै कर्मचारीहरुलाई नजरअन्दाज गर्ने गरेको आरोप छ ।

च्यारिटी (परोपकार) सँग सम्बन्धित प्रयासहरुका लागि उनको आलोचना हुने गरेको छ । तर पृथ्वीलाई बचाउने कुरामा उनी प्रतिवद्ध देखिन्छन् । सिलिकन भ्याल्लीमा आफ्ना समकक्षी एलोन मस्कले जस्तै अन्तरिक्षमा लगानी गर्नु आफ्नो नैतिक जिम्मेवारी मान्छन् ।  

तर आकाशभन्दा टाढाको विश्वमा उनलाई चारैतिरबाट घेर्ने गरिएको छ । महामारीकाे चपेटको समयमा आफ्ना कर्मचारीमाथि अमेजनको प्रतिक्रियालाई लिएर उनकै उपाध्यक्षले राजीनामा दिने निर्णय गरे । यसका लागि उनीसँग गर्न अब धेरै विकल्पहरु छन् । 

यी तमाम कुराहरुबीच बेजोससँग जोडिएका केही अरु कुराहरु पनि छन्, जुन तपाईंलाई थाहा नहुन सक्छ । जेफले केवल तीन वर्षकै उमेरमा प्रविधिको प्रयोग गर्न सिकिसकेका थिए । उनले सानै उमेरमा इञ्जिनियरिङमा कुशलता हासिल गरिसकेका थिए ।

उनी आफ्ना भाई बहिनीहरुलाई आफ्नो कोठामा आउन नदिन विद्युतीय अलार्मको प्रयोग गर्दथे । जब उनी दश वर्षको भए, तब उनले एकदिन आफ्नी हजुरआमालाई सिग्रेट पिउने कारणले आयू घटिरहेको बताए ।

त्यो कुरा सुनेर उनकी हजुरआमा दुःखी भइन् । त्यही बेला उनका हजुरबुबाले उनलाई अर्को कुनामा लगेर गए र सम्झाए,  ‘एकदिन तिमीले थाहा पाउने छौं, चलाख हुनुभन्दा धेरै अप्ठ्यारो छ दयालु हुनु ।’ 

जेफको सार्वजनिक चरित्र पनि त्यस्तै छ । उनी दयालु कम र चलाँख धेरै छन् । अमेजनको मिट्रेक्समा उनको फेकले पनि यहि कुरा दर्शाउँछ । उनी मिट्रेक्सका लागि क्रेजी छन् । सुरुवातमा अमेजनका बोस अन्तरवार्ता दिने मानिसहरुसँग आफैं टेस्ट स्कोर सोध्ने गर्दथे र रोजगारीका लागि आवश्यक स्कोरको स्तर बढाइदिन्थे ।

जब अमेजनको ट्यालेन्ट पूल बढ्न थाल्छ, तब कम स्कोरवालाहरुलाई निकाल्ने गरिन्थ्यो ।  अ मेजन वेयरहाउसका कर्मचारीहरु गुनासो गर्छन् की अमेजनमा ट्वाइलेट टाइम पनि नोटिस गरिन्छ । कर्मचारीहरुमाथि निगरानी राख्न विद्युतीय वर्कस्टेसन बनाइएको हुन्छ, ता कि उनीहरुले पर्याप्त बक्सको प्याकिङ गरिरहेका छन् वा छैनन् देख्न सकियोस् । 

तर जेफको मिट्रेक्स प्रतिको पागलपनले अमेजनको व्यापार गर्ने अचम्मको तरिकालाई पनि रेखांकित गर्दछ । कम मुनाफा हुँदा वाल स्ट्रिटमा सधैं अप्रसन्न मुद्रामा रहन्छ । जेफ भन्छन्, ‘जब स्टकको मूल्य गलत दिशामा गइरहेको थियो, कम्पनीमा सबै कुरा सही दिशामा गइरहेको थियो ।’

तर सधैं कछुवाको चाल जेफलाई मन पर्दैन । कम्पनीमा दोहोर्‍याएर लगानी गर्ने र कम्पनी विस्तार गर्नेमा उनको ध्यान थियो । उनलाई लामो समयदेखिका आफ्ना योजना एकदिन अवश्य सफल हुनेछन् भन्नेमा विश्वास थियो । 

उनलाई असाधारण बनाउने एउटा कुरा भनेको अमेजनको संस्कृति पनि हो । अमेजनको संस्कृति कमजोर मन भएकाहरुका लागि होइन । जेफले अमेजनमा सधैं सबै काम फरक तरिकाले गरे । उनले सन् १९९४ मा एउटा ग्यारेजमा बूक स्टोर खोले ।

सुरुवाती लगानी गर्दै गर्दा ७० प्रतिशत असफल हुनेछ भनेर सोच तयार गरेका थिए । त्यस यता उनले धेरै नियम, कानून र संस्कृति बनाए, जुन बाहिरी विश्वलाई फरक लाग्न सक्छ ।

अमेजनमा प्रिजेन्टेसन दिँदा पावरपोइन्टको प्रयोग बारे सोच्दा पनि नसोच्नुहोस् । पावरपोइन्टमाथि त्यहाँ पूर्णतः प्रतिबन्ध छ । त्यहाँ सबैजना पढ्छन् र लेखिएको कुराहरु विस्तारमा चर्चा गरिन्छ । अमेजनलाई ठूलो टिम पनि मन पर्दैन ।

वास्तवमा उनीहरु जस्तै हरेक टिम यति सानो हुनुपर्छ ता कि दुई पिज्जामा उनीहरु सबैको पेट सजिलै भरियोस् । जेफ भन्छन्, ‘अमेजनको काममा एउटा कुरा निकै महत्वपूर्ण छ, त्यो भनेको सेवाग्राहीहरुको सुःखद अनुभवका अन्तिमसम्म प्रयास गर्ने । ’

जेफ कस्टमर अब्जेक्सन अर्थात ग्राहकको असन्तुष्टीमा कुरा गर्न सधैं तयार हुन्छन् । उनी त्यस्ता सेवाग्राहीहरुको गुनासो आफ्ना कर्मचारीलाई पठाउने गर्छन्, जसमा एउटा प्रश्नचिन्ह लागेको हुन्छ ।

त्यसको अर्थ उनीहरु जे गर्दैछन्, त्यसलाई छोडेर सेवाग्राहीहरुको गुनासोलाई ध्यान दिइयोस् भन्ने हो । अमेजनमा कर्मचारीहरुलाई आपसमा एकले अर्कोलाई रेटिङ दिन प्रोत्साहित गरिन्छ । साथै सबैबाट नेतृत्वका १४ सिद्धान्तलाई आत्मसाथ गर्ने अपेक्षा राखिन्छ ।  जसमा अन्यको निसंकोच आलोचना गर्ने स्वभाव समेत सामेल छ ।

जब न्यूयोर्क टाइम्समा कम्पनीमा बुलिङको कुरालाई लिएर लेख छापियो, तब जेफले आफ्ना कर्मचारीलाई मेमो लेखेरै कुराकानी गरेका थिए ।  जेफले नेताहरुबाट पनि खूब आलोचना झेल्दै आइरहेका छन् । सन् २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्पले जेफले करबाट बच्न र कारोबारमा प्रतिस्पर्धाबाट बच्न उल्टो कदम उठाएको भन्दै आलोचना गरेका थिए ।

जसकारण त्यस बेला अमेजनको शेयर मूल्य ९ प्रतिशतले घटेको थियो । जेफको आफ्नै सम्पत्ति पनि दश अर्ब डलरले घटेको थियो ।  पछि पुनः अमेजनको व्यापार पुनःस्थापित भयो । 

अमेजनको आलोचना निरन्तर चलि नै रह्यो । सिनेटर बर्नी स्यान्डरको स्टप बेजोस एक्टमा पनि यस्तै पाइएको छ । जेफले त्यसको प्रतिक्रिया स्वरुप तलब बढाएर १५ डलर पुर्‍याएका थिए । बेजोस र अमेजन अहिले अगाडि बढिरहेका छन् ।   

जेफले आफ्नो आलोचनालाई लुकाउन नाटकीय यू टर्न लिने गरेका छन् । सन् २०१८ मा च्यारेटीमा पैसा नदिएपछि भएको आलोचनाको जवाफ उनले चलाखीपूर्ण ढंगले दिएका थिए ।  उनले आफ्नो बेजोस डे वान फण्डको माध्यमबाट दुई अर्ब डलर दिएका थिए । त्यो च्यारिटी उनकी पूर्वपत्नी तथा लेखिका मेकेञ्जी बेजोसले सुरु गरेकी थिइन् । 

अन्तरिक्षको क्षेत्रमा उनको ठूलो योजना छ । जेफले आफ्नो ब्ल्यु ओरिजिन कम्पनीमा हरेक वर्ष एक अर्ब डलरको लगानी थप्दै आइरहेका छन् ।  हाई स्कूलका दिनदेखि जेफ मानवताको विशाल सपना देख्दै आइरहेका थिए । एलोन मस्क जस्तै उनी पनि एउटा रकेट तयार गर्दैछन् ।

जसले चमत्कारिक रुपमा आफूलाई ठाडो रुपमा ल्याण्ड गर्न सक्यो भने त्यो बारम्बार प्रयोग गर्न सकिनेछ र निकै किफायती पनि हुनेछ । मस्कले जस्तो उनी आफ्नो लक्ष्यतिर दौडिरहेका छैनन्, चुपचाप रुपमा चरणवद्धरुपमा आफ्नो योजना अघि बढिरहेका छन् ।

ग्ल्याडिटम फ्यालोसिटर अर्थात् ‘कदम दर कदम हर कदम गम्भीर’  ब्ल्यु ओरिजिनको यही मोटो (मान्यता) छ र जेफ आफ्नो जिन्दगी पनि यही कानून अपनाएर बाँचिरहेका छन् । उनी टेक्ससमा आफ्नो रेञ्जमा पहाडभित्र दश हजार वर्षवाला एउटा विशेष घडी बनाइरहेका छन्, जसले उनको दीर्घकालिन सोचलाई देखाउँछ ।

यही सोचबुझ र गोपनीय रणनीतिमा हिँडेर बेजोसले खुद्राको मैदानमाथि विजय हासिल गरे । आशा छ, उनले आकाशलाई पनि यसरी नै जित्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४