close

अनुभव बिना एण्ड्रोइड एप बनाउन मन छ ? यसो गर्नुहोस् (निःशूल्क)

टेकपाना टेकपाना

साउन ३, २०७७ १७:३६

अनुभव बिना एण्ड्रोइड एप बनाउन मन छ ? यसो गर्नुहोस् (निःशूल्क)

अहिले विश्वभर अढाई अर्ब एण्ड्रोइड डिभाइस तपाईंको एप डेभलप हुने प्रतिक्षामा छन् । फ्री कोड क्याम्प नामक संस्थाले १५ घण्टे विस्तृत कोर्ष सार्वजनिक गरेको छ । 

मीआईकोडले तयार गरेको यो कोर्षले तपाईंलाई एण्ड्रोइड एप्लिकसेन कसरी डेभलप गर्ने भन्ने विषय सिकाउनेछ । यसमा सबैभन्दा उत्कृष्ट विषय के छ भने यसको सुरुवात गर्न तपाईंसँग प्रोग्राम कसरी गर्ने भन्ने कुरा थाहा नहुँदा पनि कुनै फरक पर्दैन । 

यो कोर्षमा तपाईंले जाभाको प्रयोग गरेर रियल-वर्ड एण्ड्रोइड एप्लिकेसन कसरी बनाउने भन्ने कुरा सिक्नुहुनेछ । एप बनाउने क्रममा तपाईंले जाभा र अब्जेक्ट ओरियन्टेड (विषयवस्तु केन्द्रीत) प्रोग्रामिङमा आधारभूत प्रोग्रामिङ ल्याङ्ग्वेज समेत सिक्नुहुनेछ ।

यो कोर्षले समेट्ने केही विषयहरु यस प्रकार छन्;

जाभा प्रोग्रामिङ ल्याङ्ग्वेजको परिचय सहित:

  • भेरियबल्स
  • अपरेटर्स
  • लूप्स
  • कण्डिसनल स्टेटमेन्ट्स
  • कलेक्सन ईन जाभा
  • अब्जेक ओरियन्टेड प्रोग्रामिङ
  • इन्टरफेसेस एण्ड एब्स्ट्याक्ट क्लासेस
  • सिंगलटन प्याटर्न
  • स्टाटिक्स
  • किंगकरेन्सी ईन जाभा
  • ह्याण्डलिङ एक्सेप्सन्स

‣डिजाइनिङ युजर इन्टरफेसेस सहित:

  • मेटेरियल डिजाइन
  • टेक्स्ट भ्यू एण्ड बटन
  • लिस्टभ्यू एण्ड स्पिनर
  • रिसाइक्लरभ्यू
  • डिफ्रेन्ट लेआउट्स
  • डिफ्रेन्ट एक्सएमएल फाइल्स
  • ईमेजेज
  • फन्ट्स
  • एनिमेसन्स
  • स्न्याकबार एण्ड कार्ड भ्यू

‣पर्सिस्टिङ डेटा विद शेयर्डप्रिफ्रेन्सेस

‣वेबभ्यू

‣र अन्य धेरै

यहाँ तल अथवा कोड फ्री क्याम्पको युट्युव च्यानलमा तपाईंले पुरा कोर्ष पाउनुहुनेछ ।

यहाँ तपाईंले कोड निःशूल्क रुपमा सिक्न सक्नुहुनेछ । फ्रीकोडक्याम्पको ओपन सोर्स पाठ्यक्रमले ४० हजारभन्दा धेरैलाई डेभलपरको रुपमा रोजगारी प्राप्त गर्ने कार्यमा सघाइसकेको छ । यहाँ क्लिक गरेपछि फ्रीकोडक्याम्पमा जोडिएर तपाईंले छ हजारभन्दा धेरै ट्युटोरियल समेत फेला पार्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४