close

नेपालमा साओमीले भित्र्यायो स्मार्ट राउटर, अब घरभरी गुणस्तरिय वाईफाई

टेकपाना टेकपाना

साउन ४, २०७७ १८:४

नेपालमा साओमीले भित्र्यायो स्मार्ट राउटर, अब घरभरी गुणस्तरिय वाईफाई

काठमाडौं । साओमीले नेपालमा पहिलो पटक स्मार्ट राउटर सार्वजनिक गरेको छ । नेपाली बजारमा विशेष गरी ग्याजेटका लागि परिचित ब्राण्ड साओमीले नयाँ क्याटेगोरीको रुपमा स्मार्ट राउटर भित्र्याएको हो ।

यो राउटरलाई ‘मी राउटर फोर सी’ नाम दिइएको छ । कम्पनीका अनुसार मी राउटर नेपालमा भित्रिएको पहिलो स्मार्ट राउटर हो ।

यसको गति र यसले ओगट्ने दुरीका कारण विश्व बजारमा परिचित साओमीको यो राउटरलाई ‘स्मार्ट मी वाईफाई एप’ मार्फत सहजै नियन्त्रण गर्न सकिने उल्लेख गरिएको छ । प्रत्येक घरको सेटिङमा मिल्ने आधुनिक डिजाइनको यो राउटरले घर भित्र सबै स्थानमा बलियो र स्थिर सिग्नल प्रवाह गर्ने कम्पनीको दाबी छ ।

चार वटा एन्टेना रहेको यो राउटरमा ८०२.११ एन वाईफाई प्रविधिको प्रयोग गरिएको छ । जसमार्फत ३०० एमबीपीएस गतिसम्म इन्टरनेट प्रवाह हुनसक्छ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४ एमबी र्‍यामले ३२ वटासम्म डिभाइसलाई छिटो र स्थिर कनेक्सन प्रदान गर्न सक्ने बताइएको छ । मी वाईफाई एपमार्फत प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्नेछन् ।

जसमा प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिङजस्ता स्मार्ट फंसन समेत रहेको छ । ‘हामी नेपालमा गैर-स्मार्टफोन उत्पादन भित्र्याएर सबैलाई नवीनतम प्रविधि उपलब्ध गराउन प्रतिवद्ध छौं,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा द्रुत वृद्धि भइरहेको इन्टरनेटको प्रयोगसँगै हामीले बजारमा देखिएको कमीलाई परिपूर्ती गर्ने उद्देश्यका साथ आकर्षक विशेषता र सस्तो मूल्यमा मी राउटर फोर सी नेपाल भित्र्याएका हौं ।’

कम्पनीका अनुसार मी राउटर फोर सीको बजार मूल्य दुई हजार ३९९ रुपैयाँ तोएिको छ । जुन नेपालमा सबै मी प्रिफर्ड पार्टनर, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तो डिल लगायतबाट खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४