close

ह्याकिङपछि ट्वीटरका सीईओ ज्याक डोर्सीको भूमिकामाथि प्रश्न

टेकपाना टेकपाना

साउन ५, २०७७ १२:५४

ह्याकिङपछि ट्वीटरका सीईओ ज्याक डोर्सीको भूमिकामाथि प्रश्न

काठमाडौं । बुधबार विश्वका शक्तिशाली हस्तीहरुको ट्वीटर ह्याण्डल ह्याक भएपछि ट्वीटरका सीईओ ज्याक डोर्सी मौन छन् । ह्याकरले एलोन मस्क, बाराक ओबामा र जोइ विडन जस्ता ठूला ठूला व्यक्तित्वहरुको ट्वीटर अकाउन्ट ह्याक गरी खुल्ला रुपमा क्रिप्टोकरेन्सी स्क्याम (ठगी) गरेका छन् । यस्तै एप्पल र उबर जस्ता ठूला कम्पनीहरुको ट्वीटर अकाउन्टबाट पनि सोही किसिमका ट्वीट म्यासेजहरु बाहिरिएका छन् । 

जब ट्वीटरले प्रभावित अकाउन्टमाथि नियन्त्रण पायो तब आक्रमणकारीबाट खोसेर अकाउन्ट फिर्ता ल्याउन उसलाई समय लागेन । त्यसपश्चात कम्पनीले उक्त परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो कदम उठायो । उसले आफ्नो सेवाको ठूलो भाग निस्क्रिय बनायो । अट्याक सुरु भएको चार घण्टापछि डोर्सीको प्रतिक्रिया आयो । प्रकाशको गतिमा प्रसार हुने सूचना दिन उनले नै ढिलाई गरे । 

‘ट्वीटरको प्रतिकूल दिन, ’ डोर्सीले ट्वीटरमा लेखे, ‘यो घटनाका कारण हामी भयभित छौं ।’ कुनैपनि कम्पनीमा इतिहासकै खराब घटना घट्नु भनेको नराम्रो समय आएको संकेत हो । तर सिलिकन भ्याल्लीमै अनुसरणयोग्य छवी बनाएका डोर्सीले चुनौतीपूर्ण क्षणमा कमजोर प्रतिक्रया दिएका छन् । ट्वीटरको भूमिकाले  अहिले सार्वजनिक बहशलाई आकार दिने उनको भूमिका र कम्पनीलाई ह्याण्डल गर्ने डोर्सीको क्षमतामाथि अहिले प्रश्न उठेको छ ।

अमेरिका अहिले राष्ट्रपति चुनावको संघारमा छ । यो समय सामाजिक सञ्जालको सुरक्षा र एक्यबद्धताको विषयमा सबैको ध्यानमा छ । राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटमाथि भ्रामक जानकारीको लेबल लगाएर डोर्सीले यस अघि नै ट्वीटरमा आपत् निम्त्याइसकेका छन् । उक्त कदम पछि ज्याक डोर्सीको अडान मार्क जुकरबर्गको भन्दा फरक देखिन थालेको छ । ‍डोर्सीलाई प्रोग्रेसिभले देवत्वकरण तथा कन्जर्भेटिभले दानवीकरण गरेको देखिन्छ । 

ट्वीटरभित्र पनि डोर्सीले आन्तरिक संघर्षको श्रृंखला खेपिरहनु परेको छ । अघिल्लो वर्ष ट्वीटरमा ठूलो शेयर भएको एक्टिभिस्ट फण्ड इलियट म्यानेजमेन्टले डोर्सेीलाई ट्वीटरमा ध्यान दिन अन्यथा राजीनामा दिन भनेको थियो । ट्वीटरले डोर्सीलाई ट्वीटर वा स्क्‌वायर कम्पनीको सीईओबाट राजीनामा दिन भनेको थियो । गत मार्चमा डोर्सीबाट मुक्ति पाउन इलियट आफै कम्पनीबाट निस्किएको थियो । तर टाइम बिडिङका कारण इलियटको उपस्थिति अझै पनि कम्पनीको बोर्डमा छ । 

इलियट म्यानेजमेन्टले ह्याकबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ । ट्वीटरले समेत डोर्सीको नेतृत्वलाई लिएर जवाफ दिन अस्वीकार गरेको र उनलाई कुनै पनि अन्तरर्वार्तामा नपठाउने निर्णय गरेको छ । ट्वीटरले कम्पनीको इन्टरनल टूलमा एक्सेस भएका कर्मचारीबाटै ह्याकरले त्यस्तो ह्याक गरेको हुनसक्ने बताएको छ ।। करिब १३० वटा अकाउन्टमाथि निशाना साँधिएको थियो । एफबीआईले हाल सो घटनामाथि अनुसन्धान गरिरहेको छ । 

तर यो ह्याक घटनाले डोर्सीलाई ट्वीटरमा ध्यान दिन दबाव बनाउन सक्ने देखिएको छ । उनको भूमिका सधैं कमजोर रहेको हार्वर्ड विश्वविद्यालयका विजनेस एडमिनिस्ट्रेसनका प्राध्यापक डेभिड योफी बताउँछन् । दुई दुईवटा संस्थामा सीईओको भूमिका निभाउन धेरै नै संवेदनशिल मानिन्छ । उनको ध्यान विभाजन भएका कारण घटेको यो घटनाले उनको प्रतिष्ठामा ठूलो आँच पुर्‍याएको छ । 

डोर्सीले यस अघि ट्वीटर र स्क्वायरमा आफ्नो दोहोरो भूमिकाको बचाउ गर्दै महत्वपूर्ण काममा केन्द्रीत रहन आफ्नो तालिका लचिलो भएको बताएका थिए । डोर्सीलाई बोर्डमा पर्याप्त समर्थन भए पनि बुधबार घटेको घटनाले कम्पनीका निर्देशकहरुलाई कम्तिमा कम्पनीमा परिवर्तन ल्याउनघच्घच्याउनेछ । 

तर डोर्सीका लागि एउटा सुखद कुरा के छ भने फेसबुक, एप्पल, गूगल तथा अमेजनका सीईओहरुलाई एन्टीट्रस्टको न्यायिक उपसमितिमा स्पष्टिकरणको लागि बोलाइएको छ । तर अहिले एन्टीट्रस्टको आलोचना नखेपेको ट्वीटर उक्त उपसमितिमा उपस्थित हुनुपर्ने छैन । 

यसकारण उनी इन्टिग्रिटी, राजनीतिक पूर्वाग्रह र प्लेटफर्म सुरक्षाको प्रश्नबाट बच्न सक्छन् । उनले दुई वर्ष अघि नै यस्ता केही सुनुवाईमा उपस्थिति जनाइसकेका छन् । बुधबारको घटनाका लागि भने उनले त्यस प्रकारको कुनै पनि सुनुवाई वा स्पष्टीकरणमा भाग लिनु पर्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४