close

ओप्पोको नयाँ स्मार्टफोन ए ३१ नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ५, २०७७ १८:४२

ओप्पोको नयाँ स्मार्टफोन ए ३१ नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नयाँ स्मार्टफोन ओप्पो ए ३१ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । कम्पनीले बजेट मूल्यको स्मार्टफोन सोमबारदेखि बजारमा ल्याएको हो ।

यो फोन फेन्टासी ह्वाइट (सेतो) र मिस्ट्री ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा उपलब्ध छ । ७२० बाई १६०० पिक्सेल रेजोलुसन स्क्रीन भएको यो फोनमा ६.५ इञ्चको वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रीन रेसियो छ ।

यसमा स्क्रीनको सुरक्षाका लागि गोरिल्ला ग्लास थ्रीको प्रयोग गरिएको छ । यो फोनमा रहेको आई प्रोटेक्सन स्क्रीन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताको आँखालाई सुरक्षा दिने काम गर्दछ ।

एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ ओप्पो ए ३१ लाई ८.३ एमएम मोटाई रहने गरी डिजाइन गरिएको छ । ओप्पो ए ३१ को पछाडिको भागमा तीन ओटा लेन्स रहेका छन् । कम प्रकाश भएको स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सहज हुने गरी यो फोनमा १२ मेगापिक्सेलको सेन्सर र एफ/१.८ अपार्चरको व्यवस्था गरिएको छ ।

यसमा रहेको दुई मेगापिक्सेल म्याक्रो लेन्सले जूम गरी बिहानीको शित, फूलेको फूल लगायत साना चिजको आकर्षक तथा ठूलो आकारको तस्वीर निकाल्न सकिने कम्पनीको दाबी छ ।
साथै फोनमा दुई मेगापिक्सेलको डेफ्थ सेन्सर पनि राखिएको छ ।

यसले वस्तुलाई ब्याकग्राउण्डसंग अलग गरी पोट्रेट शटमा उत्कृष्ट बुके ईफेक्ट प्रदान गर्दछ ।
फोनको अगाडि भागमा प्राकृतिक अनि सुन्दर सेल्फी खिच्न आठ मेगापिक्सेलको एफ/२.० फ्रण्ट एआई ब्युटिफिकेसन क्यामेरा दिइएको छ ।

ओप्पोको ए सिरिजको यो नयाँ मोबाइलमा ४ जीबी र्‍याम तथा १२८ जीबी रोम रहेको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार मेमोरी कार्डमार्फत स्टोरेज क्षमतालाई २५६ जीबी सम्म विस्तार गर्न सकिन्छ ।

ओप्पो ए ३१ मा मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी ६७६५ भी चिपसेट प्रयोग गरिएको छ । २.३ गिगाहर्ज अक्टाकोर प्रोसेसर राखिएको यो फोनमा ४२३० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन एक पटक फूल चार्ज गर्दा १४ घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ गर्न वा सात घण्टासम्म निरन्तर अनलाइन गेम खेल्न हुने बताइएको छ ।

फोनमा फिंगरप्रिन्ट अनलकका साथै फेसियल अनलकको फिचर समेत रहेको छ । आकर्षक फिचरयुक्त यो स्मार्टफोनको मूल्य नेपाली बजारमा २६ हजार ५ सय ९० रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४