close

सडक कहाँकहाँ अवरुद्ध छ, अनलाइनमै यसरी हेर्नुहोस् लाइभ अपडेट

टेकपाना टेकपाना

साउन ६, २०७७ १५:२७

सडक कहाँकहाँ अवरुद्ध छ, अनलाइनमै यसरी हेर्नुहोस् लाइभ अपडेट

काठमाडौं । अविरल वर्षाका कारण देशभर थुप्रै जनधनको क्षति भइरहेको छ । बाढी र पहिरोका कारण अनेकौं ठाउँमा आवागमन समेत प्रभावित भइरहेको छ ।

जसले गर्दा यात्रामा निस्किनेहरुलाई समेत निकै समस्या पैदा गरिरहेको छ । यस्तै किसिमको समस्यालाई मध्यनजर गर्दै सडक विभागले अवरुद्ध सडकखण्डको विषयमा अनलाइनमा लाइभ अपडेटमार्फत जानकारी दिन सुरु गरेको छ ।

यहाँ क्लिक गरेर विभागको सम्भार शाखाले सुरु गरेको लाइभ अपडेट थाहा पाउन सक्नुहुनेछ । गूगल डक्सको एक्सेल शिटमा उपलब्ध गराउन थालिएको लाइभ अपडेटमा सडक अवरुद्ध, आंशिक सुचारु र पूर्ण रुपमा सुचारु भएको अवस्था देख्न सकिन्छ ।

गूगल शिट खोलिसकेपछि सडक खण्डको सूचीमा जानुहोस् । आफूले जानकारी लिन चाहेको सडक खण्ड रोजेर त्यस अघि क्रमशः सडक बन्द भएको स्थान, बन्द हुनुको कारण, आवागमन बन्द भएको समय, अवरोध खुल्न लाग्ने अनुमानित समय, हालको अवस्था, सम्पर्क व्यक्ति तथा कार्यालय प्रमुखको नम्बर आदि जानकारी समेत त्यसैमार्फत पाउन सकिनेछ । यो समाचार तयार पार्दासम्म विभागले तयार पारेको गूगल शीटमा ९२ सडकखण्डको विवरण उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४