close

सामाजिक सञ्जालमा महिला हिंसाका सामग्री जथाभावी पोस्ट नगर्न नियामकको आग्रह, अन्यथा कारबाही

टेकपाना टेकपाना

साउन ७, २०७७ १२:३४

सामाजिक सञ्जालमा महिला हिंसाका सामग्री जथाभावी पोस्ट नगर्न नियामकको आग्रह, अन्यथा कारबाही

काठमाडौं । लैंगिक हिंसा तथा महिला हिंसा सम्बन्धी संवेदनशील सामग्रीहरु जथाभावी रुपमा सामाजिक सञ्जाल तथा कुनै पनि डिजिटल माध्यममा पोस्ट नगर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सचेत गराएको छ । मंगलबार एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले त्यस्ता सामग्रीले नकारात्मकता फैलाउने भन्दै फेसबुक, ट्वीटर, युट्युव लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्दा सजग रहन आग्रह गरेको हो ।

यौनजन्य दुर्व्यवहार, जबरजस्ती करणी, करणीको प्रयास जस्ता सामाजिक अपराध सम्बन्धी घटनाहरुमा गोपनीयता र संवेदनशीलतालाई ख्याल नगरी विभिन्न व्यक्ति तथा संस्थाले सामाजिक सञ्जालमा गर्ने पोस्ट प्रति नियामकले गम्भीर चाँसो देखाएको छ । यस किसिमको गतिविधिका कारण पीडित थप पीडा पुग्न गई हतोत्साहित भएर आत्महत्याको घटनासम्म घटिरहेका छन् ।  

त्यसैले यस किसिमका सामाजिक अपराधलाई बढावा दिने सामग्री होस्ट तथा पोस्ट गर्ने विषयमा सतर्क रहन प्राधिकरणले सचेत  गराएको हो । अन्यथा अवस्थामा प्राधिकरणले दूरसञ्चार ऐनअनुसार त्यस्तो व्यक्तिलाई ३० हजार रुपैयाँ जरिवाना गरी इन्टरनेट सेवाबाट बञ्चित गराउन सक्छ ।

त्यस बाहेक विद्युतीय कारोबार सम्बन्धी ऐन अन्तर्गतका कसुरमा प्रहरीमा कारबाहीका लागि पठाउन समेत सकिने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४