close

सिटिजन्स बैंकको विद्युतीय भुक्तानीमा १ वर्षसम्मको शूल्क छूट

टेकपाना टेकपाना

साउन ७, २०७७ १३:५

सिटिजन्स बैंकको विद्युतीय भुक्तानीमा १ वर्षसम्मको शूल्क छूट

काठमाडौं । सिटिजन्स बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड लगायतका विद्युतीय भुक्तानीमा एक वर्षसम्मको शूल्क मिनाहा गर्ने भएको छ । कोभिड १९ को त्रास कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई सकेसम्म बैंकसम्म नपुगेरै बैंकिङ सुविधा दिने उद्देश्यका साथ यस्तो छूट सुविधा दिने भएको हो ।

कोरोनाको महामारीसँगै गत चैत ७ गतेदेखि विद्युतीय भुक्तानीमा लाग्ने शूल्क सबै बैंकले छूट दिए पनि यही साउन १ पछि भने त्यस्तो सुविधा बन्द गरेका छन् । सिटिजन्स बैंकमा बचत खाता भएका ग्राहकहरुका लागि भने सबै प्रकारका विद्युतीय भुक्तानीमा पहिलो वर्षको शूल्क छूट गरिएको छ ।

तर अन्य ग्राहकहरुको हकमा भने विद्युतीय माध्यमबाट गरिने कारोबारमा यथावत रुपमा शूल्क लाग्ने बैंकले जनाएको छ । बैंकको डेबिट कार्डबाट गरिने कारोबारको हकमा अर्को सूचना जारी नभएसम्म सबै ग्राहकलाई कुनै पनि शूल्क लाग्नेछैन ।

छूट सुविधा सीमित अवधिको लागि मात्र कायम रहने भन्दै बैंकले मौकाको फाइदा उठाउन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४