close

सन् २०२८ सम्म सिक्सजी सुरु गर्ने सामसङको योजना

टेकपाना टेकपाना

साउन ७, २०७७ १७:७

सन् २०२८ सम्म सिक्सजी सुरु गर्ने सामसङको  योजना

एजेन्सी । सामसङ इलेक्ट्रोनिक्सले सन् २०२८ को सुरुवातसम्ममा सिक्सजी प्रविधिलाई व्यवासायिक रुपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । मंगलबार ह्वाइट पेपर सार्वजनिक गर्दै कम्पनीले सन् २०३० सम्ममा मूलधारमा पुग्ने अपेक्षाका साथ सिक्सजी सेवा सञ्चालनमा ल्याउने योजना बाहिर ल्याएको हो । 

आईटीयू-आर, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटीयू)को एउटा विभाग हो । जसले रेडियो सञ्चार सम्बन्धी जिम्मेवारी सम्हाल्छ । आईटीयू-आरले आगामी वर्षदेखि सिक्सजी भिजनलाई परिभाषित गर्ने कामको थालनी गर्ने सामसङको अपेक्षा छ ।

टूजीदेखि फाइभजीसम्मको नेटवर्क जेनेरेसनको टेक्निकल स्ट्याण्डर्डलाई विकास तथा परिभाषित गर्ने समय छोटिँदै गइरहेको कम्पनीले उल्लेख गरेको छ । थ्रीजीलाई परिभाषित गर्न १५ वर्ष लागेको थियो, फाइभजीलाई आठ वर्ष र सिक्सजीसम्म आइपुग्दा यो समय अझैं छोटो हुने कम्पनीको भनाई छ । 

फाइभजी प्रविधि व्यावसायिकताको प्रारम्भिक चरणमा भए पनि सिक्सजी विकासको तयारी सुरु गर्ने समय भइसकेको सामसङको अनुसन्धान शाखा अन्तर्गतको एड्भान्स कम्युनिकेसन रिसर्च सेन्टरका प्रमुख सुङह्युन चोइले बताएका छन् । 

चोइका अनुसार यसै वर्षदेखि सामसङले ‘फुल स्केल’ मा सिक्सजीको अनुसन्धान थालनी गर्नेछ । ट्रुली इमर्सिभ एक्सटेण्डेड रियालिटी, हाई फिडेलिटी मोबाइल होलोग्राम र डिजिटल रेप्लिका जस्ता सिक्सजी सेवालाई अनुभूति गर्न सामसङले आफ्नो ह्वाइट पेपरमा पर्फमेन्स, आर्टिटेक्चरल र विश्वासनियता जस्ता तीन वर्गलाई परिभाषित गरेको छ । 

यसमा उच्चतम डेटा स्पीड प्रति सेकेण्ड हजार जीबी, एयर लेटेन्सी सय माइक्रो सेकेण्डभन्दा पनि कम हुनेछ । यस्तै फाइभजीको तुलनामा डेटा स्पीड ५० गुणा बढी हुने सामसङले बताएको छ । सामसङले दक्षिण कोरियाली दूरसञ्चार कम्पनीहरुका लागि सन् २०१९ को अप्रिल महिनामै फाइभजी नेटवर्क रोलआउट गरेको दाबी गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४