close

न्यूरलिङ्क चिपबाट सोझै दिमागमा गीत प्रसारण गर्न सकिने ईलोन मस्कको दाबी

टेकपाना टेकपाना

साउन ८, २०७७ ८:५८

न्यूरलिङ्क चिपबाट सोझै दिमागमा गीत प्रसारण गर्न सकिने ईलोन मस्कको दाबी

यसलाई आधुनिक प्रविधि नै मान्नुहोस्, एउटा यस्तो चिप तयार भइसकेको छ, जसले दिमागमा गीतहरुको लाइभ स्ट्रिमिङ गर्न सक्छ । विश्वको सबैभन्दा धनी कार कम्पनी टेस्लाका सीईओ ईलोन मस्कले यो विषयको पुष्टि गरेका हुन् । उनको कम्पनीले यस्तो चिप तयार गरिसकेको छ कि जसले दिमागभित्र नै गीत को आनन्द दिलाउन सक्छ । 

वास्तवमा ईलोन मस्कको कम्पनीले न्यूरलिंक नामको ब्रेन चिप तयार गरेको छ । यद्यपी, यो चिप दिमागी असन्तुलनको उपचारका लागि तयार गरिएको हो । तर पहिलो पटक यो पनि भनिएको छ कि दिमागी उपचारसँगै यो चिपले पनि गीतहरूको अनलाइन स्ट्रिम समेत गर्न सक्दछ। 

एक ट्विटर प्रयोगकर्तालाई न्यूरलिंकबाट गीतहरू पनि सुन्न सकिन्छ भन्दै ईलोन मस्कसँग सोधेका थिए । सोही प्रश्नको जवाफमा ‘हो’ भन्ने जवाफ दिएका छन् । 

प्राप्त जानकारीका अनुसार, न्यूरलिङ्क मस्तिष्कलाई सहज रुपमा काम काम गराउनका लागि प्रयोग हुनेछ । यो चिपले शरीरको हार्मोन नियन्त्रण गर्ने पनि काम समेत गर्नेछ । मस्तिष्क डिसअर्डरमा बाहेक यो चिपले कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को रूपमा पनि काम गर्नेछ । यसको मतलव यो चिपले रोगको उपचारमा बाहेक शरीरका अन्य धेरै महत्त्वपूर्ण कार्यहरू समेत गर्न सक्छ । 

आउँदो महिना सार्वजनिक हुनसक्ने

यहाँ निर यो खबर सुन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर केही समय अघि नै ईलोन मस्कले न्यूरलिंक चिपको विषयमा बताइसकेका छन् ।  तर अहिलेसम्म बजारमा यो चिप सार्वजनिक गर्ने विषयमा कुनै आधिकारिक भनाई बाहिर आएको छैन । यद्यपि कम्पनीले आउँदै अगस्ट २८ मा महत्वपूर्ण घोषणा हुनसक्ने संकेत गरेको छ । 

एलोन मस्कले २०१६ मा न्यूरलिङ्क परियोजनाको सुरुवात गरेका थिए । यसमा आधारित लचिलो थ्रेड बनाइएको थियो, जुन मानिसको कपाल भन्दा १० गुणा पातलो थियो । त्यही समयमा मस्कले मस्तिष्क सम्बन्धी रोगहरु सहजै पत्ता लगाउन सकिने दाबी गरेका थिए । यस बाहेक, यो प्रविधि मेरुदण्डको चोटको उपचारमा समेत कामयावी सावित हुने बताइएको छ ।

चिपको परीक्षण अन्तिम चरणमा

साथै एलोन मस्कले एक ट्वीटर कुराकानीको सन्दर्भमा यो चिपले डिप्रेसन, अल्जाइमर र पार्किन्सन जस्ता रोगहरुबाट पीडित व्यक्तिहरूको जीवनमा समेत सुधार ल्याउन सकिने उल्लेख गरेका थिए । उनले मुसा र बाँदरपछि यसको मानव माथिको परीक्षण अन्तिम चरणमा रहेको समेत उनले बताएका थिए ।

स्मार्टफोनमा हेर्न सकिनेछ दिमागको जानकारी

न्युरलिंक प्रविधि मानव मस्तिष्कमा चिप र थ्रेड मार्फत जडान हुनेछ । यी चिपहरू हटाउन सकिने पोडहरूमा जडित हुनेछन् । जुन कानको पछाडि भागमा राखिन्छ र वायरलेसको माध्यमबाट अन्य उपकरणहरूमा जडान हुनेछ । यसको माध्यमबाट प्रयोगकर्ताहरूले आफ्नो मस्तिष्क तथा मानसिक अवस्थाको जानकारी स्मार्टफोनमा प्राप्त गर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४